नवनियुक्त महानिरीक्षक खापुङद्वारा दर्ज्यानी चिन्ह ग्रहण

प्रशासन समाचार

काठमाडौं । नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।

गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।

भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । खापुङ पहिलो वरीयताका एआईजी थिए । महानिरीक्षक दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *