काठमाडौं । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ ।
धर्नामा बसेको आज ५ दिन बितिसक्दा पनि विगतमा भएको सहमति सम्बोधन हुनेगरी विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग राख्दा सरकारले यसबारे कुनै चासो नदेखाएको शिक्षकहरुको भनाई रहेको छ ।
सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूले राखेका छन्, भने आज बिहान ८ देखि ६ बजेसम्म अनशन बस्ने उनिहरुले जनाएका छन् ।

