काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् ।
शुक्रबारदेखि सुरू हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशन अगाडि बिहीबार थापाले आफ्नो फरक मत दर्ता गराएका हुन् । पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि छलफलको माग राख्ने भएका छन् ।
उनले गत साउनमा भएका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको आरोप लगाएका थिए । अब उनको उक्त फरक विचारलाई एमालेले पनि स्वीकारेर विधान महाधिवेशनमा छलफलका लागि लाने भएको हो ।
