एक्सले औपचारिक रुपमा सञ्चार मन्त्रालयसँग सोध्यो दर्ता प्रक्रिया

समाचार सुचना-प्रविधि

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ ।

एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले दर्ता प्रक्रियाबारे जानकारी पठाएको र आवश्यक कागजपत्र प्राप्त भए लगत्तै सूचीकरण गर्ने बताएको छ।

यसअघि बिहीबार फेसबुकको मूल कम्पनि मेटाको सिंगापुरस्थित कार्यालयले मन्त्रालयमा अनौपचारिक रुपमा सम्पर्क गरेर दर्ता प्रक्रिया बारे सोधेको थियो । तर मेटाले अहिलेसम्म दर्ता गर्ने बारे औपचारिक रुपमा भने प्रक्रिया अगाडी बढाएको छैन ।

सरकारले दर्ता प्रक्रियामा नआएका फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएसँगै हाल नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय रहेका छन् ।

यद्यपी यस सूचीमा रहेको हाम्रो पात्रोले दर्ताका लागि बिहीबार नै प्रक्रिया शुरु गरेकोले आईतबारसम्म निर्णय गरेर हाम्रो पात्रलाई सूचीकरण गर्ने सञ्चार मन्त्रालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *