काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।
बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो । । अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा.दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् भने,१० जना गम्भीर अवस्थामा रहेका छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ । २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।
सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताएका छन् ।मृतकहरूको पहिचान खुल्न सकेको छैन । रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताएका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
