शान्तिपुर्ण समाधानको स्वागत गर्दै अमेरिकाको राष्ट्रपति पौडेल र युवा नेताहरूको प्रशंसा

राजनीति समाचार

काठमाडौं । अमेरिकाले जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दुताबासले आइतबार बिहान लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको हो ।

साथै अमेरिकाले दुखद समयमा नेपालको साथमा रहेको बताउदै नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान व्यक्त गरेको छ ।

अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न तयार रहेको दुताबासले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *