काठमाडौं । कक्षा १२ को परीक्षा देशभरका परीक्षा केन्द्रबाट एकैसाथ बिहान ८ बजेदेखि शुरु भएको छ ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि देशभर एक हजार पाँच सय ९० र जापानमा एक गरी कुल एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परीक्षामा पाँच हजार दुई सय दुई विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार आठ सय ७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार
नौ सय आठ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६ सय १७ जना गरी कुल पाँच लाख ११ हजार पाँच सय २५ परीक्षार्थी सहभागी भएका छन् ।