कैलालीमा जेनजी आन्दोलनपछि क्षतिको विवरण सङ्कलन गरिँदै

समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । यही भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।

जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो । प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको यकिन विवरण सङ्कलन गर्दै मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । भदौ २४ मा भएको प्रदर्शनमा कैलालीमा सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका भौतिक संरचरनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर १०८ वटा सरकारी कार्यालयका भवनमा आगजनी, तोडफोड र लुटपाट भएका छन् । प्रदर्शनका क्रममा एक सय वटा चारपाङ्ग्रे गाडी र करिब पाँच सय ४३ वटा मोटरसाइकल, ६ वटा तीनपाङ्ग्रे, १५ वटा साइकलमा आगजनी भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको सदरमुकामसमेत रहेको धनगढीमा सबैभन्दा बढी सरकारी कार्यालयका संरचनामा क्षति भएको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *