जेनजी आन्दोलनका क्रममा मारिएकाहरु प्रति शोक दिवस मनाउने गृहमन्त्री अर्यालको निर्णय

राजनीति समाचार

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै यस्तो निर्णय गरेका हुन् । कहिले शोक दिवस मनाउने भन्ने विषयमा मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *