प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेट

राजनीति समाचार

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् ।

बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् । भेटमा छिमेकी देश भएको नाताले नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार रहेको धारणा राख्दै राजदूत सोङले नेपाली जनताले गरेको आन्दोलनलाई स्वागत गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *