तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको शेयर कारोबार बन्द

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ ।

बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११स्२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो । त्यसपछि दिउँसो १२ बजे कारोबार पुनः सुरु भयो, तर दुई मिनेट भित्रै, नेप्से ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्वतः बन्द भएको छ । आज बन्द नेप्से १६०।३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *