एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्दै

राजनीति समाचार

काठमाडौं । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ ।

आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयले जनाएको हो । आन्दोलनकारीले केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला पार्टी कार्यालय समेत आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । एमाले नेताहरुका अनुसार नेता कार्यकर्ताहरूले काठमाडौं र ललितपुरमा केही भवनहरू कार्यालयका लागि हेरे पनि टुङ्गो लागिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *