मुग्लिन नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द गरिने

विविध समाचार

काठमाडौं। मुग्लिन नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द गरिने भएको छ ।

तुईन खोला पुल नजिकैको सडक दुई तर्फी खुलाउन आज जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार दिउसो १ बजेदेखि ३ बजेसम्म सवारी साधन रोकेर पहिरो हटाउने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । यसअघि शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार अपराहन्न एकतर्फी संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *