सडक विभागले तोक्यो फोकल पर्सन

विविध समाचार

काठमाडौं । सडक विभागले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन तोकेको छ ।

विभागले सर्वसाधरण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आवश्यक जानकारी दिन हुन अनुरोध रहेको छ । साथै गुनासा, सुझाव, आवश्यक जानकारी प्राप्त भएपछि सडक बिभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने विभागले जानकारी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यसअघि विभागलाई फोकल पर्सन तोक्न निर्दशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *