घुस खानेमा महिला बढी, सर्वोच्च र अख्तियामा आगजनी

विविध समाचार

काठमाडौं । हाम्रो समाजमा जर्वजस्त स्थापित एउटा भाष्य छ महिलाहरु घुस खाँदैनन्,इमान्दार हुन्छन् तर अख्तियारको प्रतिवेदन केलाउने हो भने महिलाहरु पनि अवसर पाउँदा घुस असुल्न पछि पर्दैनन् ।

जस्तो कुनै समय उत्कृष्ट निजामती पुरस्कार थापेकी लेखा पनेरु १ लाख घुससहित पक्राउमात्र परिनन् । भ्रष्टाचारी ठहर भएसँगै उनको जागिरै गुमेको छ । उनीझैं अर्काे सब इञ्जिनियर उषाकिरण रोकाया समेत विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेर मुद्धा चलाएकोमा पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् र रमाइलो के छ भने अख्तियारमा मुद्धा परेकोमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकासँग सम्बन्धित ३५० भन्दा बढी उजुरी अख्तियारमा परेको छ ।

उता केही अघि विशेष अदालतले २५ हजार घुस लिने नाममा सव इञ्जिनियरलाई दोषी ठहर गरेको छ । चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्त हुन वा ३० हजार घुस लिएको आधारमा कैद हँुदै जागिर गुमाएकी कम्युटर अधिकृत विन्दु प्रधान । यी त केही उदाहरणका पात्र मात्र हुन् । केही अगाडिमात्र विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाए । उनका श्रीमान् रिह्याब सेन्टर’ मा छन् भने दुई छोरी पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवत सम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् । उल्लिखित मुद्दाहरूमा ९४ जना महिला, ६१९ पुरुष र ४० संस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवाना गरी जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपियाँ ९३ पैसा बिगो मागदाबी लिइएको छ । अर्थात ९४ महिला र ६१९ पुरुषसँग झण्डै राज्यको ६ अर्ब अकुत सम्पत्ति कुम्लाएका छन् ।

६१९ जना पुरुषहरुले घुस खाँदा ९४ जना महिलाहरु फन्दामा परेका छन् । घुस खानेमा ६ महिला र ७१ पुरुष राष्ट्रसेवक छन् । उनीहरुविरुद्ध ४ करोड ९२ लाख ७६ हजार ८ सय बराबरको मुद्धा चलेको छ भने गैरकानुनी लाभ लिनेहरु २८८ मुद्धामा २७ महिला प्रतिवादी बनाइएको छ उनीहरु उपर ८२ करोड ५५ लाख ५७ हजार ४४ रुपैयाँ मागदावी गरिएको छ । यस्तै गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् । भने उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी गरेको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ रहेका छन् ।

जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ । छानी छानी अख्तियारले, मुद्धा दायर गर्दा जानेमा जेनजी पुस्तामात्र छैनन् यसमा केही कर्मचारीहरुको समेत मिलेमतो रहेको आंशका समेत गर्न थालिएको छ । अख्तियार स्रोतका अनुसार गत २४ गते अख्तियारको आगो झोस्न जानेमा केही चाटर्ड एकाउन्टेण्ट र उपसचिव तहका कर्मचारी समेत रहेको बिषयमा अख्तियारले अहिले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । अदालतबाट सुन उठाउन, छानी छानी रवि लामिछाने, स्वर्णलक्ष्मी सहकारी जोडिएको र मुद्धा हेरिरहेको फाँट, दुर्गा प्रसाइको हेरिरहेको मुद्धाको फाँट खरानी बनाउनुमा अदालत बुझेकै कर्मचारीहरुको भूमिका रहेको वा ती कर्मचारीहरुलाई प्रयोग गरिएको आँकलन गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *