निर्वाचनसम्बन्धी अध्यादेश जारी भएसँगै मतदाता नामावली अद्यावधिकको खुल्यो बाटो

विविध समाचार

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो । यससँगै मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेका जेनजी पुस्ताले पनि नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न पाउने भएका हुन् । राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरुको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन अध्यादेश जारी भएको हो ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था उल्लेख थियो । उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *