राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

राजनीति समाचार

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनलाई संशोधन गरेको हो । निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान रहेकाले सरकारले जेनजी आन्दोलनको भावना अनुसार उनीहरुलाई मतदानको अवसर दिन निर्वाचन कानुनमा संशोधन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *