काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लागेका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सुचना जारी गर्दै असोज मसान्तसम्म सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले असोज मसान्तपछि कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ ।

