सञ्चारमन्त्री खरेल बारबारा फाउन्डेसनको सदस्य !

राजनीति समाचार

काठमाडौं । बर्तमान सरकार गठन भएको महिना दिन बित्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री बनेकाहरु पनि सबैजसो विदेशी फण्डमा स्थापना भएको आइएनजिओका एजेन्ट रहेको बताइएको छ । जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सामेल भएका प्राय मन्त्रीहरु विभिन्न पेशा, व्यवसायमा आबद्ध भएतापनि आइएनजीओको आवरणमा संलग्न रहेको बताइन्छ । नागरिक सरकारको प्रधानमन्त्री सुशीला कार्कीसहित अहिलेसम्म मन्त्री बनेकाहरु बारबरा एडम फउन्डेसनसँग सम्बन्धित भएको देखिन्छ । बारबरा इटालियन पत्रकार थिइन् । उनी पत्रकारिताको नाममा नेपाल छिरेकी थिइन् ।

नेपालमा बस्नेक्रममा तत्कालीन राजा महेन्द्रका भाइ बसुन्धरासँग उनले हिमचिम बढाएकी थिइन् । राजाको भाइसँग सम्बन्ध भएपनि दरबारविरुद्ध लागेको थाहा पाएपछि राजा महेन्द्रले देश निकाला गर्ने घोषणा गरेका थिए । महेन्द्रको देहान्तपछि उनी पुन नेपालमै आएर बसोबास गरेको बताइन्छ ।

नेपालमा लामो बसोबासपछि उनलाई बर्तमान प्रधानमन्त्री कार्की न्यायाधिश रहेको बखत तत्कालीन कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमको निर्देशनमा मानर्थ नेपाली नागरिकता दिइएको जानकारस्रोत बताउँछ । उनको मृत्युपश्चात नाममा खोलिएको बारबारा एडम फउन्डेसनमा उच्च पदस्थ व्यक्तिदेखि विभिन्न पेशा ब्यवसायमा आबद्धहरुले नेपाल सरकार विरुद्ध गतिविधि गर्दै आएका थिए । उनीहरुको डिजाइन अनुसार जेन्जी पुस्ताहरु सडकमा आएको अनुमान गरिएको छ ।

यसको साथै यो आन्दोलनलाई काठमाडौंका मेयर बालेन साहले समर्थन गर्नुलाई अर्थपूर्णमा हेरिएको छ । यसरी बनेको सरकारले नेपालमा सुशासन कायम गर्ने भन्दा पनि विकृति र विसंगति फैलिने आकंलन जनमानसमा बढ्दै गएको छ । बर्तमान सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेल पनि सो संस्थाको सदस्य रहेको समाचारस्रोतले दावी गरेको छ । जसले गर्दा नागरिक सरकारले गरेको हरेक जसो काम कारवाही शंकास्पद र असफल हुने सम्भावना बढेर गएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *