महामन्त्री थापा महाधिवेशन प्रतिनिधि च्याप्प समाउँदै हस्ताक्षर गराउँदै
काठमाडौं । नेपाली कांग्रेसभित्र विगत लामो समयदेखि संस्थापन पक्ष र इतरपक्षबीच घम्साघम्सी चल्दै आएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवामाथि आक्रम हुनुका साथै घर र सम्पत्ति समेत जलाएर नष्ट गरिएको थियो । सभापति देउवामाथि आक्रमण भएपछि पार्टीका पदाधिकारीलगायत सम्पूर्ण नेता एकढिक्का भएर पार्टी सुदृढिकरणमा अगाडि बढ्नुपर्नेमा त्यो नगरी उल्टै महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवाले तुरुन्तै नेतृत्व छोड्नुपर्ने दबाब दिँदै आएका छन् ।
आन्दोलनकारीहरुको आक्रमणबाट घाइते भएर उपचारमा रहेका सभापति देउवाविरुद्ध महासमिति र महाधिवेशन प्रतिनिधिबीच हस्ताक्षर अभियान चलाएर पार्टीलाई विभाजित गर्ने काम गरिरहेका छन् । उसै त नेतैपिच्छेको गुटले थिलथिलो भएको कांग्रेसभित्र सभापतिविरुद्ध हस्ताक्षर अभियान चलाएर कांग्रेसलाई झन् कमजोर बनाउने काम थापाले गर्दै आएका छन् । यतिबेला कांग्रेसभित्र जेनजी पुस्ताको निहुँ बनाएर बढुवा नेता र युवा नेताबीच घमासान युद्ध चलिरहेको छ । त्यो युद्धको नेतृत्व महामन्त्री गगन थापाले गरिरहेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले न्वारनदेखिको बल निकालेर थापाको अभियानलाई सहयोग पु¥याउने काम गर्दै आएका छन् ।
महामन्त्री थापा पक्षका नेता, कार्यकर्ता महाधिवेशन प्रतिनिधिहरुलाई जहाँ भेट्टायो त्यही च्याप्प समाउँदै हस्ताक्षर गराउँदै गरेर हिँडिरहेका छन् । महाधिवेशन प्रतिनिधिहरु हस्ताक्षर गर्ने कि नगर्ने भनेर दोधारमा परिरहेका छन् । कतिपय पुराना नेता र महाधिवेशन प्रतिनिधिहरु थापाको टिमलाई देख्नेबित्तिकै दुला पस्ने गरेका छन् । महामन्त्री थापाको गतिविधिले गर्दा पार्टी नै फुटको संघारमा पुग्न लागेको एक महाधिवेशन प्रतिनिधिले नाम नबताउने शर्तमा गुनासो गर्दै थिए । जेनजी आन्दोलनले लोकतन्त्र र विधिको शासन नै संकटमा परेको बेला कांग्रेस महामन्त्री जस्तो जिम्मेवार पदमा रहेका थापाको गतिविधिले अधिकांश नेता, कार्यकर्ता असन्तुष्ट बन्न पुगेका छन् ।
कांग्रेसभित्र नियमित महाधिवेशनबाटै नेतृत्व परिवर्तन हुने निश्चित हुँदा विशेष महाधिवशेनको रटान दिएर हस्ताक्षर अभियान चलाउनु भनेको कांग्रेसलाई फुटको संघारमा पु¥याउनु हो । थापाको हर्कले गर्दा कांग्रेस मात्रै होइन एमाले र माओवादीसमेत फुटको शिकार नबनलान् भन्न सकिँदैन । थापा कांग्रेस सभापति देउवासँगै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलले समेत नेतृत्व त्याग्नुपर्ने घोषणा गर्दै हिड्न थालेका छन् । थापाले महामन्त्री भएर पदको सदुपयोग गर्न सकेका छैनन् भने सभापति भएर कांग्रेस हाक्ने क्षमता कसरी राख्छन् ? भन्ने प्रश्न कांग्रेसका नेता र कार्यकर्ताले उठाउन थालेका छन् ।
थापाले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री हुुँदा २२ जना पीए राखेर असुली धन्दा चलाउने काम गरेका थिए । डा. शेखर कोइरालाको टिमबाट महामन्त्री बनेका थापाले पछिल्लो समय सभापति देउवा पत्नी केन्द्रीय सदस्य डा. आरजु राणासँग साँठगाठ गरेर आर्थिक लाभ लिँदै आएका थिए । आर्थिक लाभ मात्रै लिएका थिएनन् विभिन्न राजनीतिक नियुक्ति, सुरुवा बढुवामा समेत हालीमुहाली गर्दै आएका थिए । आज तिनै थापा आरजुका पति देउवाविरुद्ध खनिन पुगेका छन् । त्यसले गर्दा पनि थापा बेइमान नेताको रुपमा गनिन्छन् । थापाको छिट्टै गुन बिर्सिने बानी पुरानै हो ।

