सुरक्षा निकायभित्र राजनीति घुस्दा शान्ती सुरक्षा कमजोर

राजनीति समाचार

। २०५३ साल भन्दा अगाडी नेपाल प्रहरीलाई ‘सत्यम्, सुरणम् भन्ने नाराले गुन्जाइरहन्थ्यो । प्रहरीको गुनगान गाउने सर्वसाधारणहरु पनि त्यतिकै थिए । प्रहरीहरुले पनि शान्ति सुरक्षालाई मध्यनजर गरी सुरक्षामा खटिने गरेका थिए । प्रहरीहरु सुरक्षामा खटिएकै कारण चोरी, डकैटी, हत्या, बलत्कार, जुवातास, लागुपदार्थ ओसार पसार जस्ता घटनाहरु कम हुने गथ्र्यो ।

जब २०५३ सालमा नेपाल प्रहरीमा राजनीति घुस्यो त्यसयता २०८२ सालसम्म आइपुग्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर जस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुन पुग्यो । त्यहि राजनीतिक हस्तक्षेपकै कारण सुरक्षा निकाय कमजोर हुन पुग्यो । सुरक्षा निकाय कमजोर भएपछि मुलुकमा शान्तिसुरक्षा खलबलिन पुग्यो र चोरी तस्करी पकेटमारा, लागुपदार्थ ओसारपसार जस्ता धन्दाहरु फस्टाउँदै गए ।

सुरक्षा निकायभित्र उच्च ओहोदामा जागिर खानेहरुले नक्कली नागरिकता र नक्कली सर्टिफिकेटको आधारमा जागिर खाने, राजनीतिक दलहरुको सोर्सफोर्स पहुँच र पैसाको आधारमा प्रहरीहरु उच्च ओहोदामा पुग्ने गरेका थिए । प्रहरीमा मात्र नभएर सो रोग नेपाली सेनामा पनि स¥यो । त्यसले गर्दा नेपाल प्रहरी र सेनामा पनि नेपाली नागरिकता र शैक्षिक योग्यता नपुगेकाहरुको हालिमुहाली हुन पुग्यो । त्यसको असर अहिले शान्तिसुरक्षामा पर्न गएको छ । राजनीतिक सोर्सफोर्समा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बनाउने होडबाजी नै चल्यो । त्यहि राजनीतिक होडबाजीकै कारणले गर्दा सुरक्षा निकायहरु कमजोर भएकै कारण चोरी तस्करी फस्टाउँदै गएको छ ।

चोरी तस्करी फस्टाएसँगै राजश्व छलि गर्नेहरुको पनि घुइचो लाग्ने गरेको थियो । सुरक्षा निकाय कमजोर हुँदा मुलुकले ठुलो क्षति व्यहोर्नु प¥यो । त्यसको उदाहरण लिन सकिन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई । सो आन्दोलनले मुलुकमा ठुलो जनधनको क्षति हुन पुग्यो । के सुरक्षा निकायलाई जेनजी आन्दोलन भयावह हुने जानकारी थिएन त ? उता मुख्य सचिव एकनारायण अर्याललाई २२ गते नै जेनजी आन्दोलनले उग्र ररुप लिने सूचना प्राप्त गरेका थिए । तर मुख्य सचिव अर्यालले त्यस आन्दोललाई बेवास्ता गद मुलुकमा ठुलो जनधनको क्षति हुन पुग्यो । सुरक्षा निकाय कमजोर बन्दा आज मुलुकले ठुलो क्षति व्यहोर्नु परेको छ ।

तत्कालीन सरकारले नेपाल प्रहरीका आइजीपी चन्द्र कुवेर खापुङलाई आईजीपी बनाएको थियो । खापुङ आइजीपी भएको चार दिनमै जेनजी आन्दोलनले मुलुकमा ठुलो क्षति भएसँगै ७६ जनाले ज्यानसमेत गुमाए । त्यो घटनाले खापुङ नेपाल प्रहरीमा असक्षम आइजीपीको रुपमा दर्ज भएका छन् । खापुङ आइजीपी भएको ७९ दिनमा आज अवकाश प्राप्त हुदैँ छन् ।

तर, सरकारले सोमबारको मन्त्रिपरिषद्बाट दानबहादुर कार्कीलाई नेपाल प्रहरीले नयाँ आइजीपी बनाएको छ । अब आईजीपी कार्कीले मुलुकको शान्तिसुरक्षामा कस्तो भूमिका खेल्छन् त्यो भने पर्खनै पर्ने भएको छ । तामाकोशी सन्देशले पनि भावी आईजीपी दानबहादुर कार्की नै जेष्ठता र क्षमताको बन्नुपन्नुपर्ने समाचार सम्प्रेषण गरेको थियो । नभन्दै सरकारले पनि उनै कार्कीलाई आईजीपी बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *