काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वर्षौंदेखि अनियमताको खेल चल्दै आएका छ । तरपनि यसअघि राजनीतिक दलहरुबाट मन्त्री बनेका नेताहरुले ती अनियमिततालाई रोक्ने भन्दा पनि बढी संरक्षण गरेको बिगतका घटनाहरुबाट पुष्टि भइसकेका छन ।
राजनीतिक नेतृत्व र मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य सेवा बिभागका महानिर्देशकहरुले गलत र अनियमित कार्यहरुलाई रोक्ने भन्दापनि मोटो कमिशन रकम असुलेर बेथितिलाई थप मलजल गर्दै आइरहेको गुनासाहरु बाराम्वार बाहिर आउँदा पनि सम्बन्धित निकायले सुनुवाई गर्न सकिरहेको छैन ।
सरकारी बजेटको केही स्वार्थी व्यवसायी समूहसँग मिलेर चरम भ्रष्टाचार र अनियमितता हुँदासमेत यसअघिका मन्त्री र सचिवहरुले रोक्न नसकेका धेरै उदाहरणहरु रहेका छन । मन्त्रालयमातहतका सरकारी अस्पतालमा औषधी, स्वास्थ्य उपकरण खरिदको लागि वार्षिक रुपमा ५० अर्व भन्दा बढी
बजेट बिनियोजन गरिदै आएको छ ।
सो बिनियोजित बजेटमा मन्त्रालयका उपल्लो तहका कर्मचारी र व्यवसायीहरुले हरेक साल आँखा गाडने र राम्रै लाभसमेत लिने गरेका बताइन्छ । कान्तिबाल, प्रसूति गृह, वीर अस्पताल, सरुवा रोग अस्पताल टेकुलगायत क्षेत्रीय अस्पतालहरुमा हरेक साल सरकारले
आधुनिक स्वास्थ्य उपकरणहरु खरिद गर्ने गरेको छ ।
अझ काठमाडौं उपत्यका र ठूला शहरहरुमा जनसंख्याको चाप हेरेर अझ बढी स्वास्थ्य उपकरण, मेडिकल सामग्री र औषधीहरु खरिद हुँदै आएका छन । जसमा केही व्यवसायीहरुको एकाधिकार जस्तै रहेको बताइन्छ । बीर अस्पतालको यी सामग्री आपूर्तिमा काभ्रे जिल्ला निवासी लक्ष्मण गौतम भन्ने तिलकले एकलौटी रुपमा हैकम जमाउदै आएका छन । काभ्रेबाट रित्तो हात काठमाडौं छिरेको १५ वर्षमा उनले उपत्यका तीनवटा घर र २० रोपनी भन्दा बढी जमिन जोडिसकेका छन ।
उनको मुख्य काम भनेकै अस्पतालका कर्मचारीहरुसंग सेटिङ गरेर सस्तो मूल्यका यस्ता सामाग्रीलाई महगो मूल्यमा भिडाउनु नै हो । गरीबको अस्पतालत भनेर चिनिएको उक्त अस्पतालको सेवा प्रवाह भने दैनिक खस्किँदै गएको छ । तर, सिमित व्यवसायी र कर्मचारी भने मालामाल हुँदै गइरहेका छन । यस्ता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा बेलाबखतमा उजूरी परेको भएता पनि सेटिङका आधारमा तामेलीमा राख्ने कार्य निरन्तर रुपमा भइरहेका छन ।
वीर अस्पताल, कान्ति बाल, प्रसुति गृह र टेकु अस्पतालको स्टोर र योजना महाशाखा कर्मचारीहरुको सरुवा पनि यीनै व्यवसायीहरुले मन्त्रालयमार्फत गर्दै आएका छन । यो विषयमा यसअघिका मन्त्री र सचिवहरु भलिभाती रुपमा जानकार छन । तरपनि उनीहरुले व्यवसायीहरुकै सेटिङमा काम गर्दै आएका छन ।
सेवा विभाग, मन्त्रालय मातहत अन्य निकायहरुमा पनि काभ्रे घर भएका अर्का व्यवसायी मुकुन्द गौतमकै हालीमहाली चलाउँदै आएका छन् । उनले अस्पतालका लागि आवश्यक उपकरण खरिदको
सेटिङ मिलाउन आफनै निवासदेखि विदेशसम्म कर्मचारीलाई लैजाने गरेका
छन ।
यतिसम्मकी उनले स्वास्थ्य उपकरण आयातको नाममा लागु औषधको कारोवारसमेत भित्री रुपमा गर्ने गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । भरखरै मन्त्रालयका नेतृत्व गरेकी मन्त्री डा। सुधा शर्मा गौतम र सचिव डा। बिकास देवकोटा पनि यो विषयमा राम्रैसँग जानकार छन । किनकी, मन्त्री
गौतमले यसअघि सचिवको जिम्मेवारी र देवकोटाले स्वास्थ्य सेवा बिभागको महानिर्देशकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन ।
त्यसैले पनि स्वास्थ्य मन्त्रालय मातहतनिकायको भ्रष्टाचार र अनियमतिताका बारेमा यी दुवैजना जानकार मानिन्छन । सचिव देवकोटाले विभागको नेतृत्वमा रहँदा सामान खरिदमा गरेको सेटिङलाई भत्काउन खोज्दा महानिर्देशक टंक बाराकोटीले राजीनामा दिन बाध्य हुनु परेको छ ।
उनी बिभागबाट बाहिरिएसँगै मन्त्री गौतम र सचिव देवकोटाले कुन अतिरिक्त सचिवलाई खटाउनेछन, त्यो भने प्रतिक्षाको विषय बनेको छ । हुनत अहिले नै अतिरिक्त सचिव बढुवा प्रक्रिया अगाडि बढेको छैन । हाल मन्त्रालयमा दुईजना अतिरिक्त सचिवको दरवन्दी नै रिक्त रहेको छ । तत्कालीन अतिरिक्त सचिवले मन्त्री बन्ने प्रलोवनमा परेर राजीनामा दिएको र बाराकोटीले पनि पारिवारिक कारण देखाएर राजीनामा दिएका छन । उनको राजीनामा भने सरकारले स्वीकत गरको जानकारीमा भने आएको छैन ।

