विभाग र ललितपुर मालमा अख्तियारको कर्के नजर

राजनीति समाचार

काठमाडौं । अनिल कुमार सिन्हा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बनेको दुई महिना हाराहारी हुँदा पनि मालपोतमा तत्कालीन मन्त्री बलराम अधिकारीले सरुवा गरेका कर्मचारीहरुको हालीमुहाली चलिरहेको छ । मन्त्री सिन्हाले तत्कालीन मन्त्री बलराम अधिकारीले सेटिङ गरेर सरुवा गरेका कर्मचारीलाई फिर्ता बेलाउन सकेका छैनन् ।

त्यसको उदाहरण लिन सकिन्छ भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मी र कर्मचारी प्रशासनका खिमानन्द आचार्यलाई । रेग्मी र आचार्यलाई तत्कालीन मन्त्री बलराम अधिकारीले भूमि तथा अभिलेख विभागमा पठाएका थिए । आज तिनै रेग्मी र आचार्यको अभिलेख विभागमा राज चलिरहेको छ । अझै पनि १३ वटा जिल्लामा कर्मचारी खटाउन सकेका छैनन् । आम्दानी हुने ठाउँमा मात्रै कर्मचारी सरुवा गरेका छन् । आम्दानी नहुने ठाउँमा न त विभागले खटाउन सकेको छ न त कर्मचारी नै जान मानिरहेका छन् ।

पूर्वाञ्चल मालपोत कार्यालयअन्तर्गतमा भने कर्मचारी सरुवा गरेर मालामाल भएका छन् । झापा मोरङ, बेलबारी, दमकजस्ता ठाउँमा नासु र मालपोत अधिकृत सरुवा गरेर असुलीधन्दा चलाएको चलाएको आरोप छ । तिनै कर्मचारीहरु अहिले भूमि तथा अभिलेख विभागमा हालीमुहाली गरिराखेका छन् । उता, ललितपुर मालपोतमा लामाटार, गोदामचौर र छम्पीको हिमालयन रिसोटको १ सय ४० रोपनी जग्गा हिनामिना काण्डमा अख्तियारले छानविन गरिरहँदा कर्मचारीहरु झिसमिस पार्ने सेटिङमा लागिपरेका छन् ।

त्यसैगरी काठमाडौं उपत्यकामा पुरानै कर्मचारीहरुले डेरा जमाएका छन् । तत्कालीन मन्त्री अधिकारीले उपत्यकाका मालपोत प्रमुख सरुवा गर्दा २० देखि ३० लाखसम्म असुलेको आरोप लागेको थियो । तीनै कर्मचारीहरुलाई मन्त्री सिन्हाले अन्यत्र सरुवा नगरी यथावत राखेका छन् । त्योसँगै हालका मन्त्री सिन्हाले १३ वटा जिल्लामा मालपोत प्रमुखहरु खटाउन पनि सकेका छैनन् । मालपोत प्रमुखहरु नभएकै कारण १३ वटा जिल्लाका सेवाग्राहीहरु मारमा परिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *