काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी युनियनको नयाँ नेतृत्वको लागि २०८१ फागुन–चैतमै नऔं अधिवेशन गर्नुपर्ने थियो । पूर्व अध्यक्ष गोपाल पोखरेलको निकम्मापनका कारण कर्मचारी युनियनको अधिवेशन सो मितिमा हुन सकेन । अधिवेशन मात्रै रोकिएन कि केन्द्रीय प्रतिनिधि छनोटमा विवाद चुलिएपछि सर्वोच्च मुद्दासमेत परेको थियो ।
सो मुद्दा विधान विपरीत केन्द्रीय प्रतिनिधि छनोट गरिएको, त्यसमा ५६ जिल्लाको अधिवेशन गरिएको तर २१ वटा जिल्लामा अधिवेशन नै नभएको भनेर विवाद चर्किएपछि तत्कालीन महासचिव जनक रावलले सर्वोच्च मुद्दा दायर गरेका थिए । त्यसपछि कर्मचारी युनियको नऔं महाधिवेशन भाँडिन पुगेको थियो । त्यसले गर्दा युनियनको नऔं महाधिवेशन स्थागित हुन पुग्यो । तत्कालीन अध्यक्ष गोपाल पोखरेल नऔं महाधिवेशन गर्न नसकेको आरोप पेखेर बिदा भएका थिए । पोखरेलकै कारण युनियनको निर्वाचन भाँडिएको कर्मचारीहरुको आरोप थियो ।
पोखरेल आफ्नो कार्यकाल सकिएर पनि ९औं महाधिवेशन गर्न नसकेर बाहिरिएपछि तत्कालीन उपाध्यक्ष उत्तम कटुवालले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । कटुवालले वाकाको जिम्मेवारी पाएको पनि १० महिना हाराहारी भइसकेको छ । युनियनले आगामी माघ पहिलो साताभित्र नऔं अधिवेशन गर्ने तरखर गरिरहँदा कर्मचारीबीच नै मनमुटाव भएको छ । कर्मचारीबीच मनमुटाब भएपछि कावा अध्यक्ष उत्तम कटुवालले आफू कार्यकारी अध्यक्ष भएको घोषणा गरेर अर्को रमिता देखाएका छन् । कटुवाल आफू अध्यक्ष भएपछि यज्ञ वलीलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने पूर्व महासचिव जनक रावललाई फेरि सोही पदमा राखेका छन् ।
उत्तम कटुवालको नाटक मञ्चनबाट बिनानिर्वाचन महासचिव खान पाएपछि रावल पनि मख्ख परेका छन् । उता, अध्यक्षको दावी गरिरहेका यज्ञ वलीलाई वरिष्ठको अलंकार थपरेर उपाध्यक्षमा थान्को लगाएपछि रन्थनिएका छन् । त्यसै विषयलले कांग्रेस निकट कर्मचारी युनियनभित्र भाँडभैलो सुरु भएको छ । तर, नयाँ कार्यसमितिको माइनुट भने भइसकेको छैन । स्वघोषित अध्यक्ष उत्तम कटुवालले सामाजिक सञ्जाल फेसबुकमार्फत् नयाँ कार्यसमिति चयन गरिएको नाटक गरेर रमाइरहेका छन् ।
नेपाली कांग्रेस जस्तो विधि र विधानमा चल्ने लोकतान्त्रिक पार्टी निकट बौद्धिक वर्ग मानिने निजामती कर्मचारी युनियनको हालत त यस्तो छ भने कम्युनिस्ट घटक र अन्य स्वतन्त्र वादीहरुको हालत के होला कर्मचारीतन्त्रभित्र । कर्मचारी युनियनका नेताहरुको यस्तो रवैयाले गर्दा कर्मचारी सरुवा, बढुवा र व्यवस्थापन समस्या देखिएको छ । त्यसले गर्दा इमानदार र योग्य कर्मचारीहरु रुष्ट बन्न पुगेका छन् ।

