काठमाडौं । भौतिक मन्त्री कुलमान घिसिङले तीनमहिनाको अवधिमा १६ अर्बका ६० वटा ठेक्का तोडेको समाचार सार्वजनिक भए तापनि वास्तवमा कुन–कुन आयोजनाको कहाँ–कहाँ पर्ने ठेक्का तोडियो भन्ने एकिन छैन । मन्त्री घिसिङले तीन ठुलामन्त्रालय ओगटीरहेका छन् । तर, निर्माणका अधिकांश ठेक्का तोडिएका छन् । नयाँ ठेक्का पनि लगाउन सकेका छैनन् । मन्त्री घिसिङ महत्वपूर्ण तीनवटा मन्त्रालयका काम थाती राखेर पार्टी प्रचार गर्न देशदौडामा लागिपरेका छन् । घिसिङले पार्टी खोलेपछि मन्त्री पदबाट राजीनामा दिनुपर्ने थियो । तर, राजीनामा नदिइकन नेपाल सरकारको खर्चमा चुनाव प्रचारको लागि देश दौडाहा गरिरहेका छन् ।
घिसिङले दिनको २ देखि ३ लाखसम्म सरकारी पैसा खर्च गरेर पार्टीको काममा देश दौडाहा गरिरहेका छन् । तीन÷तीनवटा विकासे मन्त्रालयको मन्त्री बनेका घिसिङ विकास निर्माणको काम गर्नेभन्दा पनि चुनावी प्रचारमा दिन बिताइरहेका छन् । भौतिक मन्त्रालयअन्तर्गतका यातायात कार्यालयदेखि सडक डिभिजन कार्यालयहुँदै राष्ट्रिय गौरवका आयोजनाका कामहरु पनि अलपत्र परेका छन् । तत्कालीन सरकारले काठमाडौंमा यातायातको चाप घटाउन निलो माइक्रोबस र टेम्पो हटाएर धेरै प्यासेन्जर अट्ने ठूलो बस चलाउने अवधारणा ल्याएको थियो । तर, मन्त्री घिसिङले सफा टेम्पोलाई ५ वर्ष म्याद थपेर १० वर्ष पु¥याइदिएका छन् । माइक्रो बसको पनि म्याद थप गर्ने तयारी हुँदै छ ।
अर्कोतिर सवारी साधनहरु कम्पनीमा दर्ता गरेर चलाउनुपर्नेमा कतिपयले व्यक्तगत दर्ता गरेर भाडामा लगाइरहेका छन् । नयाँ गाडी दर्ता गर्नेहरुको पनि त्यत्तिकै ताँती छ । व्यक्तिको नाममा दर्ता गरेर चालउँदा राश्व छली पनि भइरहेको छ । सञ्चालनमा रहेका गाडीहरुलाई व्यवस्थापन गर्नुपर्नेमा त्यसको कुनै सुनुवाइ भएको छैन । प्रदेश सरकारका मन्त्रीहरुले पनि त्यतातिर ध्यान दिन सकेका छैनन् । संघमा जेनजीका मन्त्री छन् भने प्रदेशमा दलका मन्त्रीहरु छन् । त्यसले गर्दा प्रदेश र संघीय सरकारका मन्त्रीहरुको समन्वय पनि हुन सकेको छैन । प्रदेशका मन्त्रीहरुले दलको स्वार्थअनुसार काम गरिरहेका छन् भने संघका मन्त्रीहरु पनि आफ्नै तालमा काम गरिरहेका छन् । तर, यो सरकारले विकास निर्माणको काम गर्ने भन्दा पनि निर्वाचनलाई प्राथििमकता दिनुपर्नेमा निर्वाचनको रटान रटेर ठवेक्का तोड्ने र कर्मचारी सरुवामा दिन बिताइरहेको छ ।

