काठमाडौं । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा ठूला भनिएका राजनीतिक दलहरु मधेसबाट पत्तासाफ भएर रास्वपा उदाएको थियो । मधेसमा रास्वपाले बाजी मारेपछि मनिष झा र अमरेस कुमार सिंहको दबदबाह बढेको छ । मधेसबाट रास्वपाले एकलौटी जित हासिल गरेपछि मनिष झा र अमरेस सिंह मन्त्री बन्ने चर्चा सबैले गरेका थिए । तर, बालेन नेतृत्वको सरकारले मनिष झा र अमरेस सिंहलाई मन्त्री बनाएन । रास्वपाभित्र मनिष झा र अमसेसमध्ये एकलाई गृहमन्त्री बनाउने चर्चा थियो । तर, बालेन साहको जोडबलमा सुदन गुरुङलाई गृहमन्त्री बनाइएको थियो ।
तत्कालीन गृहमन्त्री गुरुङको पनि २८ दिनमा विवादका कारण राजीनामा दिएका थिए । गुरुङले राजीनामा दिएर रिक्त रहेको गृहमन्त्रीमा मनिष ल्याउने चर्चा थियो । तर, गृहमन्त्रालय प्रधानमन्त्री साहले आफैले राखिरहेका छन् । रास्वपाले पनि गृहमन्त्री बनाउने चासो दिएको छैन । प्रधानमन्त्री, रक्ष र गृहजस्ता शक्तिशाली मन्त्रालय आफैले राखेपछि प्रधानमन्त्री साहसँग अमरेस सिह रुष्ट भएका छन् ।
छिमेकी मुलुक भारतले पनि प्रधानमन्त्री साहको हर्कतले गर्दा मधेसवादी दलहरुलाई समेटेर मनिष अथवा अमरेसको नेतृत्वमा मधेशी सांसदहरुलाई एक ठाउँमा उभ्याउने योजना बनाइरहेको बताइन्छ । त्यसले गर्दा रास्वपाभित्र असन्तुष्टि बढ्दै गएको छ । एकातिर अमरेस सिंहले सरकारको विरोध गर्नु, अर्कोतिर बालेन सरकारले भारतलाई चिढ्याउनुले मधेसमा अन्य दलहरुलाई समेटेर आफ्नो शक्ति बलियो बनाउन खोजेको देखिन्छ । त्यसले गर्दा पनि मधेसमा मनिष झा र अमरेसबीच को शक्तिशाली बन्ने लडाईँ सुरु भएको छ ।, उता भारतले मनिष झालाई अगाडि सार्ने सम्भावना छ ।
पुराना मधेसवादी दलका नेताहरु पनि आपसी झगडाबाट विस्थापित हुन पुगेका थिए भने रास्वपाबाट निर्वाचित मधेसका चर्चित दुई नेताहरुबीच को शक्तिशाली भन्ने लडाईँ चल्न थालेको छ । रास्वपाभित्र तराईवासी सांसदहरु एकजुट भएको खण्डमा बालेन सरकारको आयु पनि छोटिने देखिन्छ ।

