काठमाण्डौ । कुन बेला के गर्ने भन्दा पनि कांग्रेसमा बेलाबखत उल्कावर्षा हुन्छ । पुस २६ देखि २८ गतेसम्म १५ औ महाधिवेशन सम्पन्न् गर्ने भन्दै गर्दा संसद पुनःस्थापनातिर ओलीको ढाक्सा समात्न कांग्रेस सभापति देउवा कुदिरहेको बेला जिल्लातिर भने महाधिवेशन प्रतिनिधि छान्ने भन्दा फागुन २१ को चुनावको तयारी तीब्र पारिँदै छ । सभापति देउवा, उपसभापति खड्का, महामन्त्री थापा, शर्मा मात्रै होइनन् वरिष्ठ नेता डा. शेखर डा सुनिल शर्मा डा प्रकाश शरण महत, रमेश लेखक, मोहन बस्नेत, देवेन्द्रराज कँडेल विमलेन्द्र निधिलगायत ४० जनाभन्दा बढी नेताहरू निर्वाचन लड्ने नाम छनौटमा परेका छन् ।
त्यही बेला सभापति देउवा विधान फेर्ने एजेण्डामा छिन् । पार्टी प्राथमिकता पर्छ तर महाधिवेशन प्रतिनिधिको नाम छनौटमा चासो छैन । क्रियाशील सदस्यता फारमको क्रमबद्ध नगरी वितरण गरिएको विवादले सुदूरपश्चिमतिर लडाईँ चर्केको छ । कांग्रेसभित्र को सांसद भन्ने महाभारत छ । महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुन्छ कि हुन्न भन्ने कुरा क्रियाशील सदस्य वितरण, स्वीकृती र तीनैवाट प्रतिनिधि छनोटमा भर पर्छ । सभापति पदका लागि पूर्णबहादुर खड्का संस्थापन पक्षबाट छनौट हुनुपर्ने दाउमा छन् । महामन्त्री गगन थापा डा.आरजुको फेर समातेर संस्थापनकै साथ खोज्दै छन् । कल्याण गुरुङले घोषणा गरेका छन् सभापतिको दावेदार । डा शेखर कोइरालाले विश्व प्रकाश शर्मा, प्रदिप पौडेल, गुरुराज घिमिरे, डा प्रकाशशरण महत, महेन्द्र यादव र पुष्पा भूषाल समेतको टिम बनाउँदैछन् ।
प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठहरुको हैसियत निर्वाचन जित्नेमा छैन । पदमा पुग्दा लुट्ने सिंह निधि वावुको विँडो राजनीतिमा धान्नु सट्टा कमाउधन्दातिर लागेकाले अबको काग्रेस देउवा बाट सिधैं डा. शेखरतिर जाने निश्चित जस्तै हुँदा महाधिवेशनमा केन्द्रित हुने भन्दा प्रतिनिधि सभाको चुनावतिर लम्कनु भनेको ‘आँधी एकातिर, बतास अर्कोतिर’ भन्ने उखान टुक्का पूरा गर्दै त छैन ? राजनीतिक तहमा जिज्ञासा वढ्दै छ । सभापति देउवाले एमाले अध्यक्षको कुरा पत्याएर छैठौं पटक प्रधानमन्त्री बन्ने सपना देखेका छन् । देउवाले यहीँ बेला विधानको निकाल्नु भनेको पुनः सभापति पदको आकांक्षी भएको जस्तो देखियो । जबकी शारीरिक रुपमा पनि उनी कमजोर बन्दैछन् ।
जेनजी आन्दोलनका बढी घाइते पनि उनै भए । थप्पड पनि राम्रै खाए । गोदामको पैसा पनि डडेकै थियो । तर ‘एआई’को प्रचार हो भनेर डा.आरजु राणा देउवा भनिरहेकी थिइन् । जवकी उनको घरबाट पैसाका विटा बोकेर हिड्ने पचासौं युवाहरुलाई तत्काल युटुबे च्यानलले खुलस्त गरेको थियो । कांग्रेसभित्र देउवालाई आफै सभापतिमा दावी गर्नुहोस् भन्ने अरु होइनन् । डा. आरजु देउवालाई चुनाव लडेर जितिन्छ भन्ने छैन । उनको घर मर्मत गर्न खर्च छुट्याउन उनकै पिए प्रकाश देउवा सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार मन्त्री भएको फल हो । राज्य दोहन गरेर व्यक्ति मोटाउने यो स्थितिमा जेनजी पुस्ताका साख्खै दाजु कांग्रेस महामन्त्री गगन कुमार थापालाई भने अब टेक्ने ठाउँ र समाउने हाँगा खोज्नुपर्ने भएको छ । थापा सभापति हुन्छु भन्दै देशव्यापी रुपमा कार्य कर्ताको मनपेट बुझ्दै हिंडेका छन् ।

