काठमाडौं । राजनीति माहोल निर्वाचिनमा केन्द्रित भएको छ । दलहरूले पुस १४ मा बन्दसूची बुझाएपछि चुनाव हुने देखिन्छ । जेनजी आन्दोलनको प्रभाव र दवावले यसपटक एकाध वाहके बारम्बार संसदको लोगो भिरेको त्यही अनुहार छनोट गरिएको छैन । कांग्रेसमा त्यो सूची कार्य सम्पादन समितिले तयार गरेको हो । एमाले सचिवालय वैठकले टुङ्गो लगाउन वाँकी रहेको कारण ईश्वर पोखेल पक्ष असन्तुष्ट थियो । ११० जनाको सूची तयार भएको एमालेमा पनि निरन्तर दोहोरिएका अनुहार नभएको दावी गरिएको छ । उपाध्यक्षमा पराजित गुरु बराल र सचिव पदका अर्याल समेटिएका छन् ।
२०७९ सालको समानुपातिक र प्रत्यक्ष चुनावमा लडेका यसपटक थन्केका छन् । पुस २० भित्र प्रतक्ष उम्मेवारको नाम संकलन गर्ने एमालेको तयारी छ । एमाले नेतृत्वले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रबाट समानुपालिक सूचीको नाम मागेको थियो । पार्टीसचिवालय पदाधिकारीको बैठकसमेत नराखी महासचिव पोखरेलले अध्यक्षको निर्देशनमा जे सर्कूलर गरे त्यसलेभित्र फेरि पुरानै रोग बल्झिएको छ । ्
उता, पोखरेल समूस आक्रोशित भएको छ । आफ्नो पक्षमा लागेपछि केन्द्रीय सदस्य बन्न चाहने उम्मेदवारको पार्टीमा आबद्दता र क्रियाशीलताको ख्याल नगर्ने परिपाटी एमालेमा अझै पनि हराएको छैन । संस्थापनको टिमबाट ओखलढुङ्गाकी अस्तिमा थापा र काठमाडौंकी सुनिता डंगोललाई केन्द्रीय सदस्यमा निर्वाचित गराइयो । कतै बन्द सुचीमा यस्तै त हुँदैन ? एमालेभित्र शंका छ । किन कि केन्द्रीय सदस्यका ती दुई पार्टीमा लागेका कार्यकर्ता थिएनन् । पार्टीको क्रियाशीलतालाई संगठित सदस्यको पहिचान र राजनीतिक क्षमताको ख्याल नगरी यसपटक पनि दशौं महाधिवेशनमा दूर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएजस्तै गरिएको छ । त्यसले पार्टी काममा जीवन बिताएका कार्यकर्ता र नेताको हुर्मत लिन्छ कि लिँदैन शंका भएको छ । एमाले अनुशासन आयोगको अध्यक्षबाट बिदा लिएका र क्रियाशील राजनीतिबाट बाहिरिएका बृद्ध नेता केशव बडालसमेत पार्टी विधि प्रक्रियाबाट टाढिएको बताइरहेका छन् ।
अध्यक्ष ओलीलाई असन्तुष्ट समूहको कार्की ब्याङक्वइटको भेला मन परेको थिएन । ईश्वर पोखरेल पक्षले सो भेलामा पार्टीमा विधिसम्मत काम गर्न÷गराउन नेतृत्वलाई दबाब मात्रै दिएको थियो । तर, त्यो भेलाप्रति अध्यक्ष ओली आक्रामक बने । अध्यक्ष ओली आफैले हिजो गुटबन्दी गर्न सुरु गरेका थिए । मदन भण्डारी फाउन्डेसनसँग सम्बन्ध तोड्नेसम्मको धम्की दिएका थिए । फाउन्डेसनमा विद्यादेवी भण्डारी जोडिएकी छिन् । एमालेभित्र ईश्वर पोखरेल समूह कमजोर छैन ।
पुस १३ र १४ गेत निर्वाचन आयोगले समानुपातिक सूचीका उम्मेदवार माग गरेको थियो । निर्वाचन आयोगको गतिविधिमै एमालेले शंका गरेको थियो । पार्टीले समानुपातिक सूची माग्ने निणर्य सचिवालय तथा पदाधिकारी बैठकबाट गर्नुपर्ने हो की महा सचिव एक्लैले त्यसबारे आन्तारिक चर्चा हुनु नौलो होइन । तर सचिवालय बैठकले पहिले अवसर पाएकाहरुलाई नदोहो¥याउने भन्ना साथ ईश्वर पोखेल समूहको कनकन सुरु भएको थियो । यसपटकको निर्वाचनमा नयाँ अनुहार र नयाँ उम्मेदवार छनौट गर्न दलहरुलाई जेनजी आन्दोलनले वाध्य बनाएको छ ।

