काठमाडांै । नेकपा एमालेसरह ठूलो भाग खोज्दा राष्ट्रिय सभाको माघमा हुने निर्वाचनमा निल हुने वाटोमा लागेको नेपाली कम्युनिष्ट पार्टीमा प्रतक्षतर्फको निर्वाचनको उम्मेदवार बन्ने आकाक्षीहरुको चित्त बुझाउन समस्या हुँदै छ । संगठन नभएका हिजो मोहन वैद्य र रामवहाहर थापासँगै माओवादी फुटाएकाहरू वैद्य गुटसँंग रिश उठेकै भरमा लेटरप्याडे पार्टी बनाएकाहरुलाई वटुलेका संयोजक प्रचण्डकै यातथलो निश्चित छैन ।
एमालेबाट चोइटिएको एकीकृत समाजवादीबाट एमालेमै फर्केकी रामकुमारी झाँकीले वाजी मारीसकिन् । व्यापारी पृष्ठभूमिका कृष्ण कुमार श्रेष्ठको अवस्था निश्चित छैन । यतिखेर नेपाली कम्युनिष्ट पाटीले संविधानवादीहरुको मोर्चावाट छुट्टिनु हुँदैनथियो । नेकपा एमाले र नेपाली काँग्रेसले. ९÷९ सीट वाडेको भए पनि चुनाव जित्थे । तर, जसपासका उपेन्द यादवलाई १ र लोसपाका महन्त ठाकुरलाई १ सीट दिँदा ८÷८ सीट बाँडेका छन् ।
काँग्रेसका सुनिल थापा कोशी प्रदेशवाट निर्विरोध भइसकेका छन् । ठूला दुईदलले नेपाली कम्युनिष्ट पार्टीलाई पनि लिएकै थिए । तर ३ सीटमा चित्त नवुझेर त्यो सिट फुत्क्यो । समानुपातिक सूचीमा युवा र नयाँ अनुहार छान्दा १६५ स्थानका १९ थरीको भागबण्डा लगाउँदा कति भड्किने हुन् त्यो लेखाजोखा छैन । त्यो बेला संयोजक र सह–संयोजकको हालत के हुन्छ ? त्यहीँबाट फुटेका जनार्दन डुक्रिएकै छन् ।
पार्टी एकता भयो, प्रदेश र जिल्लामा पार्टी एकता भएको छैन । सवै ठाउँमा एकता भएको छैन । भगिनी संगठनहरुको स्वरूप कस्तो हुने ? भन्ने एकिन छैन । विद्याथी युवा, पत्रकार र मजदूर समूहमा नेतृत्व लिने होडवाजी नै छ । संंगठन छैन, केन्द्रीय तहका नेता र पार्टीमा भएजस्तै भ्रातृ संंगठनमा पनि एकता हुनुपथ्र्यो । तर हरेक ठाउँमा हस्तक्षेपकारी अवस्थामा पूर्वमाओवादीहरु छन् ।
तत्कालिन एकिकृत समाजवादीले भगिनी संगठनमा शुरुमा गएकाहरुलाई टिकाउन सकेन । लहडमा र नेकपा एमाले अध्यक्षसंगको रिसमा हिँडेकाहरुले पार्टीको आन्तरिक संरचना नै वलियो बनाएका थिएनन् । तत्कालिम माओवादीमा बारम्बार फुट र विभाजन हुँदै गर्दा वनेका संरचनाहरु कमजोर हुँदै गएका थिए । कमजोर संंरचनाले बलियों पार्टीसँग प्रतिस्पर्धा गर्न सक्दैन । सरकार बनाउने र कमाउने जस्तो सहज भत्केको संगठन बनाउन हुँदैन ।
१६५ निर्वाचन क्षेत्रका लागि माओवादी र एकीकृत समाजवादीको जिल्ला तहबाट २ दुईदेखि ६ जनासम्म आकांक्षी छनौट गरेर केन्द्रमा पठाइएको छ । त्यसमा कहाँ÷कस्को संगठन बलियो छ त्यो केन्द्रले छुट्याउने र खटाउने होइन । एमालेमा अध्यदा ओलीले चाहेको र चिनेको भए पुग्छ । तर, नेपाली कम्युनिष्टको समूह नै १९ थरीको हुँदा कतिलाई कहाँ कुन पदकों आकांक्षी बनाएर चित्त बुझाउने नेतृत्व नै अलमलमा परेको छ । माओवादीमा नारायण काजी श्रेष्ठ छुट्टै गुटको नेतृत्व गर्थे भने एकीकृत समाजवादीमा झलनाथ र वामदेवको गुट माधव नेपालभन्दा पृथक छ । त्यसकारण पनि त्यहाँ सकस छ । उता डा. भीम रावल आफ्नो छुट्टै पहिचानमा छन् ।

