अनन्त गुरुङ
नेपाल राष्ट्र निर्माणको कार्य २४३ बर्ष अगाडि शाहबंशीय राजाको पूर्खा श्री ५ बडामहाराजधिराज पृथ्बी नरायण शाहले सुरु गर्नु भएको हो । अनेक भुरे टाकुरे राज्यहरुमा बिभक्त हालको नेपाललाई एकिकरण गरी नेपाल राष्ट्रको निर्माण गर्ने काम उहाँको आफ्नै सानो गोर्खा राज्यको नेतृत्वमा सुरु गर्नु भएको थियो । त्यो बेला भारतमा इष्ट ईण्डिया कंपनीको नामले व्यापार गर्न भनी भारत छिरेका अंग्रेजहरुको राज्य चलीरहेको थियो । भारतमा पनि नेपालमा जस्तै अनेक साना राज्यहरु थिए र त्यो सबैलाई मिलाएर अंग्रेजहरुले आधुनिक भारत राष्ट्रको निर्माण गरेका थिए । अंग्रेजको नेतृत्वमा चलेको भारतबाट साना राज्यहरुमा बिभाजित नेपाललाई पनि धेरै खतरा उत्पन्न भईरहेको बेलामा गोर्खाको सानो राज्यको नेतृत्व गरी बसेका शाहबंशीय राजा श्री ५ बडामहाराज धिराज पृथ्बी नरायण शाहलाई नेपालका सबै भुरे टाकुरे साना राज्यहरुलाई एकढिक्का बनाउन सकिएमा नेपाललाई अंग्रेजको नेतृत्वमा त्यो बेला चलीरहेको भारतबाट नेपाल माथि हुने आक्रमणबाट जोगाउन सकिने सोच बिकास भयो र सोही अनुसार योजना पनि बनाएर त्यसको कार्यान्वय सुरु गरियो ।
त्यसको परिणामले गर्दा नै अधुनिक नेपाल राष्ट्रको निर्माण भयो र जसलाई आज भोली नेपाली जनताले हाम्रो राष्ट्र नेपाल भनी गर्व गर्दैछन । नेपाल राष्ट्र निर्माणमा कसको के कती योगदान थियो वा रह्यो भन्ने कुरा नेपालको इतिहासमा उल्लेख भएकाछन त्यसबारे यहाँ चर्चा गरी राख्न जरुरी छैन । जान्न उत्सुक नेपाली जनताले नेपालको इतिहासको पानाहरु पल्टाएर अध्ययण गर्नु पर्ने हुन्छ । यस छोटो लेखमा श्री ५ बडामहाराजधिराज पृथ्बी नरायण शाहबाट थालनी गर्नु भएको नेपाल राष्ट्रको निर्माण के कस्तो अवस्थामा पुग्यो भन्ने बिषयमा मात्रै ध्यान केन्द्रित गर्ने छौ । नेपाल राष्ट्रको भू(गोलिय एकिकरण गर्न मात्रै श्री ५ बडामहाराजधिराज पृथ्बी नरायण शाहले भ्याउनु भएको थियो ।
उहाँको ५० बर्षको छोटो जीवन बाल्यकाल, नीति र योजना बनाएर त्यसको कार्यन्वयन गर्दैमा समाप्त भएको थियो । त्यसकारण अधुनिक नेपालको जग बसाल्न उहाँ सफल हुनु भएतापनि त्यसलाई फुलाउन र फलाउनको लागि उहाँले समय नै पाउनु भएन । उहाँको साह्रा जीवनकाल युद्ध लड्दालड्दै बित्यो भने उहाँले नेपाल राष्ट्र निर्माण गर्नको लागि बनाउनु भएको नीतिहरु र योजनाको कार्यन्वायन राम्रो सित गर्ने समय नै पाउनु भएन । नेपाल राष्ट्र निर्माण गर्ने क्रममा त्यसपछिका शाहबंशीय राजाहरु र उहाँहरुको सहयोगीहरुको पनि धेरै योगदान छन ।
तर सबै भन्दा ठुलो योगदान शाहबंशीय राज श्री ५ महेन्द्रको नै रहेको देखिन्छ । उहाँले नै नेपाल राष्ट्रलाई संसारमा चिनाएका हुन र संसारको राष्ट्रको हारमा नेपाललाई पनि उभ्याउने योगदान दिएका हुन । नेपालको आधुनिक प्रशासन र औद्योगिक बिकासको जग राख्ने काम पनि स्वर्गिय राजा श्री ५ महेन्द्रबाटै भएको हो । त्यसपछि नेपालको राजा बन्नु भएको स्वर्गिय राजा वीरेन्द्रले नेपाल राष्ट्रको वैज्ञानिक निर्माणलाई अगाडि बढाउनु भयो । उहाँको पालामा नै क्षेत्रिय प्रशासन र क्षेत्रिय बिकासको नीतिहरु र अवधारणा नै बनाएर त्यसको भौतिक कार्यान्चय सुरु गरिएको थियो । भारतको कतीपय नेपाल बारेका विज्ञहरुले नेपाल राष्ट्र निर्माणको क्रममा रहेको र सोकार्य अझ पनि पुरा नभएको जनाउँदै आएकाछन । आधुनिक नेपालमा राजगरी बसेका पुराना दलहरुले राष्ट्र निर्माणमा कुनै चासो देखाएका छैनन् । पुराना दलहरु नेपाल राष्ट्र र नेपाली जनतालाई कसरी लुटेर आफु र आफ्ना परिवारलाई धनीमानी बनाउने भन्ने बारे मात्रै व्यावहारिक चिन्ता रहेकोछ ।
नेपालमा राजतंत्र अझ पनि जीवित नै छ तर जनभावना र जनचाहाना अनुसार परपूर्वकाल देखि चल्दै आएको राजतंत्रले नेपाली जनताले दलहरुको कुरालाई पत्याएर राजतंत्रको बिरोध गर्न थालेपछि हातको बुढी औंला झै हत्तपापी छुट्टै बसौंला भनी अलग बसीरहेका मात्रै छन । पुराना नयाँ दलहरु सबैको कारनामा राजाले नजिकैबाट नियाली रहेकाछन र नेपाली जनताको आवाज ू राजा आउ देश बचाउू भन्ने सामुहिक नारालाई पनि सुनीरहेकाछन ।नेपालको आधुनिकीकरण संगै नेपालको बिकासमा बिदेशीको लगानी पनि बढ्यो र त्यो संगै आफ्नो अनुदान र ऋणको सुरक्षा गर्ने बाहानामा बिदेशीले नेपालको राजनीतिमा पनि बिस्तारै हष्तक्षेप गर्ने कार्यलाई पनि बढाउँदै लग्यो ।
त्यसको परिणाम के निस्कियो र अब थप परिणाम के आउँछ भन्ने बारे नेपाली जनताको सामु खुला किताप झै प्रष्ट नै छन । पुराना दलहरु भ्रष्ट र अपराधिक पृष्ठभूमिबाट एको हुँदा उनीहरुले नेपालको राजकिय सत्तामा बसेर पनि सोही कर्मलाई निरन्तरता दिई नै राखेका थिए । फलस्वरुप नेपालमा भ्रष्टाचार व्यापक बढ्यो र त्यस्ता भ्रष्टाचारी पुराना दलका नेताहरुलाई कानुनी कार्यबाही हुन सकेन । नेपालमा चोरलाई चौतारो र सधुलाई शुली चढाउने कामले खुबै व्यापकता पायो ।राज्यको महत्वपूर्ण अंग न्यायपालिकालाई पनि दलियकरण गर्ने एजेण्डाले प्रमुखता पायो । यसरी अड्डा अदालत प्रहरी प्रशासन सबैको दलीयकरण गरीसके पछि पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले आफैलाई कानुन भन्दा माथिको सम्झी नेपालमा मनपरी तंत्रलाई बढवा दिने काम भयो । पुराना दलहरुको यस्तो मनपरी तंत्र चलेको बेलामा नेपाल राष्ट्र र नेपाली जनतालाई राहत दिन्छौ र आहत हुनबाट जोगाउँछौ भनी नयाँ दलहरु चुनावी मैदानमा उत्रेकाछन ।
आहिले नेपालमा चलेको राजनीतिक व्यावस्था जनचहाना र जनभावना अनुसारको छैन । नेपाली जनता संघियता र प्रदेश नै खारेज गरी नेपालको अर्थतंत्रलाई जोगाउन चाहान्छन । साथै नेपाली जनता पुराना दलहरुले अघोषित रुपमा नेपालको संबिधान २०७२ मार्फत खारेज गरेको राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई पुरस्थापित गर्न चाहेकाछन । बैदेशिक रोजगारीमा गएका करोडौंको संख्यामा रहेको नेपाली मतदाताहरुले पनि चुनावमा भोट अनलाईनबाटै हाल्न सकिने व्यावस्था मिलाउनको लागि माग गर्दै आएका थिए । त्यसैगरी अन्तर जिल्लाका मतदाताहरुले पनि भोट हाल्न पाउने व्यावस्था मिलाउनको लागि माग भएको थियो । तर समय छैन भन्दै आम नेपाली जनताको त्यो सबै मागहरुलाई आन्तरिम चुनावी सरकारले थाती राखेकाछन । यस्तो अवस्थामा पुरानै नेपालको संबिधान २०७२ अनुसार नै हुन लागीरहेको यो चुनावबाट नेपाल राष्ट्र निर्माणको लागि कुनै योगदान पुग्ला कि नपुग्ला भन्नेमा ठुलो प्रश्न चिन्न लागीसकेको छ ।
एकासी भएको जेन जेड आन्दोलनले गर्दा पुराना दलहरुले नेपालमा चलाउँदै आएको भ्रष्टाचार र अपराध राजको बिरुद्ध नेपाली जनताको आवाजलाई बुलण्ड तुल्याएकोछ । पुराना दलहरुले ३६ बर्ष देखि गर्दै आएको कुशासनलाई हटाएर सुशासन ल्याउनु पर्ने मुद्दाले पनि प्राथमिकता पाएको छ । अहिले रुपान्तरण र पुस्तान्तरण चाहाने नयाँ दलहरु र सोनचाहाने पुराना दलहरु चुनावमा आम्ने साम्ने खडा भएकाछन । दलहरु पुरानो वा नयाँ जुन सुकै भएपनि नेपाली जनतालेभरोषा गर्न लायक कुनै देखिएको वा भेटिएको छैन । नेपाली जनता अगुल्टोले हानेको कुकुर बुजुली देखि तर्सिन्छ भनेको जस्तो नयाँ वा पुरानो दुबै दलहरु देखि त्रसित छन । दलहरुले चुन्ने गरेको राष्ट्रपतिय संस्था प्रति पनि नेपाली जनताको बिलकुलै भरोषा छैन । त्यसैले नेपाली जनता ूराजा आउ देश बचाउू भन्दैछन र पुरानो वा नयाँ दुबै प्रकारको दलहरुलाई समान दुरीमा राखेर नेपाल राष्ट्र र नेपाली जनताको हित गर्ने र हित हेर्ने राजसंस्थाको वापसी खोजीरहेकाछन ।
नेपाली जनताले खोजेको र रोजेको नेपालको लागि सन्तुलित राजनीतिक बाटो पनि यहि नै हो । बिदेशीको लहैलहैमा लागेर उल्टै नेपाली जनतालाई दुस्ख दिने परियोजनाहरु ल्याउने र त्यसको कार्यान्वयन गर्ने गराउने दलहरु माथि नेपाली जनताको रत्ती भरको पनि बिश्वास छैन । नेपाल राष्ट्र र नेपाली जनतालाई अवश्यक नै नभएका बिदेशी परियोजनाहरु दलहरुले कमिसन खान पाउने लोभमा परी स्वीकार गर्दछन । त्यसैको कारण नेपाली जनताको टाउकोमा लागभग ३० खर्ब ऋण दलहरुले पुर्याईसकेका छन । अब यस्ता मनमौजी पाराले चल्ने दलहरु र तिनका लालची शीर्ष नेताहरु र अन्य नेताहरुलाई नेपाली जनताले बिश्वास गर्न सक्दैन । स्वदेशी र बिदेशी नाफाखोर दलाल व्यापारीहरु र व्यवसायीहरु सित मिलेर दलहरुले राष्ट्रिय ऋण बढाउनको साथ नेपाली जनताको ढाडै सेक्ने गरी महंगी पनि बढाईदिएका छन ।
नेपालका व्यापारीहरु र व्यवसयीहरुले दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई घुष खुवाएर प्रभावमा पारी वा दबाब बढाएर अकुत नाफा खाने र लिने गर्दै आएकाछन । नेपालको व्यापार व्यवसायबाट व्यापारीहरुले १५ प्रतिशत मात्र होइन सतप्रतिशत नाफा छोटो समयमा खाएर महंगी बढाउने गर्दै आएकाछन । त्यसकारण यस्ता भ्रष्ट र अपराधी दलहरुबाट सुशासनको आशा राख्नु गोरु व्याउने आशा राख्नु जस्तै हो । नेपाली जनता सबैले कुनै डर वा त्रासमा नपरी आँखा चिम्लेर भरोषा गर्न सकिने भनेको राजसंस्था नै हो । राजसंस्थाले मात्रै कसैको प्रभावमा नपरी नेपाल राष्ट्र र नेपाली जनताको हितको रक्षा गर्न सक्छ । यसरी नै श्री ५ बडामहाराजधिराज पृथ्बी नारायण शाहबाट सुरुगरीबक्सेको नेपाल राष्ट्र निर्माणको अपुरो कामलाई सहजै पूर्ण गर्न सकिन्छ । राजाबाट दश दिक्पालले संसारलाई सुरक्षा दिए झै नेपाल राष्ट्रलाई चारै तिरबाट सुरक्षित तुल्याउन संभव हुन्छ ।

