संघियमा सरुवा बढुवामा बिचौलियाको ओठतालु सुक्यो

राजनीति समाचार

निर्वाचन नजिकिएसँगै अधिकांश मन्त्रालय सुनसान
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा बढुवा रोकेको छ । सरुवा बढुवा रोकिएपछि अधिकांश कर्मचारीहरु बरण्डामा बसेर पुतली बजारमा घाम तापिरहेका छन् भने कतिपय कर्मचारीहरु १२÷१ बजे आएर हाटा गरेर तलब पकाउनेहरु त्यत्तिकै रहेका छन् । कतिपय कर्मचारीहरु निर्वाचन नजिकिदैँ गर्दा विदा लिएर आफ्नो गृहजिल्लातिर होमिन थालेका छन् । संघिय मन्त्री रामेश्वर खनालले पनि त्यस विषयमा कुनै चासो राखेका छैनन् । मन्त्री खनालले राजश्व अनुसन्धान विभागका पुराना उच्च तहका कर्मचारीदेखि कार्यालय सहयोगी र सवारी चालकलाई समेत विभागबाट अन्यत्र सरुवा गराई नयाँलाई सेटिङ गराएका छन् ।

राजश्व अनुसन्धान विभागमा नयाँ गएर कर्मचारीहरुले पनि मन्त्रीलाई खुसी पारेर आफ्नो खल्ती भरिरहेका छन् । मन्त्री खनाल पनि के कम ? उनी तत्कालीन अर्थ सचिव भएका बेला विभिन्न उद्योगी र व्यपाारीहरुले कहाँ कहाँ राजश्व र भन्साल छलि हुन्छ भन्ने राम्रो हेक्का भएकै कारण उद्योगी व्यापारीहरुबाट यहि हो मौका भन्दै असुली धन्दा चलाइरहेको स्रोतको भनाइ छ । राजश्व अनुसन्धान विभागमा यतिबेला व्यापारीहरुले ठुलो मात्रामा राजश्व छलि गर्दा पनि अनुगमन नहुनु र व्यापारीहरु पक्रउ नपर्नुले मन्त्री र व्यापारीहरुले मिलेमत्तो रहेको भुत्तभोगीहरुले तामाकोशी सन्देशलाई बताउन थालेका छन् ।

अर्काेतर्फ संघिय मन्त्रालयमा कर्मचारी सरुवा बढुवामा खेल्दै आएका बिचौलियाहरुको ओटतालु सुक्न थालेको छ । कर्मचारीहरुले पनि सरुवा बढुवामा निर्वाचन आचारसंहिता लागू गरेपछि भन्सुन र सरुवाको कुरा उठाउन छाडेका छन् । देश निर्वाचनमा होमिएसँगै अधिकांश सरकारी कार्यालयहरु सुनसान अवस्थामा देखिन्छन् भने कर्मचारीहरु पनि आफ्नो कार्यकक्षमा बसेको पाइँदैन । यदि कोहि कर्मचारीहरु आफ्नो कार्यकक्षमा भेटिएतापनि मिटिङ छ भन्दै आफने कार्यकक्षबाट बाहिरिनेहरुको संख्या त्यत्तिकै छ । एकातिर एउटा मन्त्रीले तीनवटा मन्त्रालय सम्हाल्नु अर्काेतिर कर्मचारी आफ्नो कार्यकक्षमा नबस्ने गरेकाले सर्वसाधारण जनताको सेवा प्रवाह हुन सकेको छैन ।

मन्त्रीहरु एउटा मन्त्रालयमा एक दिन आउने, निर्देशन दिने र भ्रमणमा जाने कारणले गर्दा सेवाग्राही मारमा परेसँगै स–साना समस्यामाहरुमा समेत असर परिरहेको छ । राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन् भने सरकारको काम गराइँ भने सुस्त रहेको छ । निर्वाचन आयोगले निर्वाचनको काम सम्पन्न भइसक्यो भनिरहँदा सरकारको काम गराई हेर्दा आगामी फागुन २१ मा निर्वाचन भइहाल्छ भन्ने विश्वास अझै पनि सर्वसाधारणमा छैन । बजार मुल्य आकासिएको छ । महङगि बढेको छ । बजार अनुगमन भएको छैन । व्यापारीहरुले मनलाग्दी मुल्य राखेका छन् । अखाद्य वस्तु मिसावट भएको छ । सर्वसाधारणले सास्ती पाएका छन् । सरकारको ध्यान त्यतातिर जान सकेको छैन । त्यसले गर्दा नेपालमा सरकार छ कि छैन भन्ने मानसिकता नेपालीहरुमा सिर्जना भएको छ । यी र यस्तै कारणले गर्दा सुशिला नेतृत्वको सरकार पनि बद्नाम हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *