केयुकेयलमा विक्रम र पीआईडीमा बधानथाछेको जगजगी

राजनीति समाचार

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्रालय जुनसुकै पार्टी वा वादीले चलाए तापनि देशव्यापी रुपमा सर्वसाधारणले खानेपानीको मार खेपिरहनुपरेको छ । खानेपानी मन्त्रालयअन्तर्गतका विभिन्न आयोजनाहरुले खानेपानीको व्यवसथापन सर्वसुलभ ढंगले गर्ने भने तापनि त्यो हुन सकेको छैन । कतिपय खानेपानी आयोजनाहरुले टेण्डर आह्वान गर्ने तर समयमा काम पुरा नगर्ने प्रवृत्तिले गर्दा लागत बढ्ने र आयोजनाको काममा ढिलासुस्ती हुने गरेको छ । त्यसको उदाहरण लिन सकिन्छ देशकै ठुलो खानेपानी आयोजना मेलम्चिलाई । २०५५ सालमा स्थापना भएको मेलम्चि आनेपानी आयोजनाले २७ बितिसक्दा पनि काठमाडौं उपत्यकाका उपभोक्तालाई सर्वसुलव ढंगले पानी वितरण गर्न सकेको छैन ।

उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)ले मेलम्चि खानेपानी आयोजनाको लागि ७५ अर्बभन्दा माथि खर्च गरिसकेको छ । तर, अहिलेसम्म काठमार्डौ उपत्यकावासीले खानेपानीको हाहाकारको सामना गरिरहनुपरेको छ । पुराना पाइप मर्मत र नयाँ पाइपिछ्याउन ढिलासुस्ती हुँदा अनावश्यक पानी चुहावट हुने र समान वितरण नहुने समस्याले गाँजिरहेको छ । मेलम्चि आनेपानी आयोजना उपत्यका खानेपानी कार्यान्वयन निर्देशनालय (पीआईडी) का कर्मचारी र केयुकेयलका सिईओहरुको कमाइखाने भाँडो बन्दै गएको छ । केयुकेयलका सिईओ अशोक कुमार पौडेलले मासिक ३ लाखभन्दा बढी तलब सुविधा लिएर मेलम्चि खानेपानी आयोजनालाई ढुवाउने काम गरिरहेका छन् ।

अर्कोतिर केयुकेयलका सिईओ अशोक पौडेलकै डिजाइन अनुसार पीआईडीका विकेश बधानथाछे आफ्नो स्वार्थको लागि ठेकेदारहरुसँग मिलेमतो गरेर भीओ÷ईओटी र नँया ठेक्कापट्टाको कन्सलट्यान्स गर्ने जस्ता कामहरु गर्दै आएका छन् । त्यसैगरी खरिद प्रवन्धमा मधु तिमलसिना, अमित रन्जित र प्रभाव श्रेष्ठको साँठगाँठले गर्दा आयोजना दिनप्रतिदिन धरापमा पर्दै गएको छ । विक्रम आचार्यले केयुकेयलका सिईओ अशोक पौडेलको अन्धभक्त भएकै कारण आतंक मच्चाइरहेका छन् । आचार्यलाई म आफै प्रशासक हुँद कुनै कामकाज गर्नको लागि कसैलाई सोधपुछ गर्नुपर्दैन भन्ने घमण्डले गाँजिरहेको छ । उनलाई पीआईडीबाट विकेस बधानथाछेको दह्रो आर्थिक सहयोग मिल्ने गरेको छ । उनी दिनको एक÷दुई पटक पीआईडीको काममा खटनपटन गर्ने गर्दछन् । पीआईडीमा कार्यरत प्रशासन प्रमुखहरुको बोर्डको नियमबिपरीत सरुवा गराएर विक्रम आचार्य र विकेश बधानथाछले आफ्नो मान्छे कमल बमलाई पीआईडीमा ल्याएका छन् ।

तर, बम पीआईडीमा निरिह छन्, प्रशासन अहिले विकेस र बधानथाछेले चलाइरहेका छन् । भरखरै सरुवा भएर आएका पीआईडीका टिका चौधरीलाई पनि उनीहरुले घराबन्दीमा पार्दै आएका छन् । पैसा र स्त्री लम्पट भएकै कारण विकेश विगत ३÷४ वर्षदेखि पीआईडीमा रजगत गरिरहेका छन् । केही हप्ता अगाडिको सरुवाको लिस्टमा १ नम्बरमा परेका भए तापनि सचिवलाई पैसा खुवाएर थमौतीमा परेका विकेशले भरखरै सरुवा भएर आएका टिका चौथरीलाई काम गर्न दिएका छैनन् । त्यसपछि विक्रम आचार्यले आफूखुसी पत्र बनाएर सरुवा भएर पदस्थापन भएका र पत्र नबुझेका कर्मचारीहरुलाई वार्डिङ गर्ने तरिकाले आफै पत्र लिएर आफ्नै हस्ताक्षरमा पीआईडी लगायत अन्य कार्यालयमा गएर दर्ता गराउने काम गरिरहेको समाचार स्रोतले उल्लेख गरेको छ ।

पीआईडीमा उनी विकेशको निर्देशनमा पत्र लिएर गएका थिए । तर, त्यहाँबाट सरुवा भएका कर्मचारीहरुको कसैको ६÷७ महिना मात्र जागिरे अवधि बााकी भएको त कसैको बोर्डले निर्णय गर्नुपर्नेमा त्यो एकलौटी रुपमा ईसिओले निर्णय गरेका कारण विवादास्पद तरिकाले निर्णय भएको भन्दै कर्मचारीहरुले पत्र बुझेका छैनन् । तर, विकेश, कमल र विक्रमहरु पीआईडीलाई दबाब दिइरहेका छन् । यसभन्दा पहिले विकेश र विक्रमलाई पीआईडीबाट रोकेर प्रशासन प्रमुखको जिम्मेवारीमा यथावत राख्न लाखौं खर्च गरेका थिए । तर, बोर्डले दरबन्दी थप्न नमानेपछि वाध्य भएर केयुकेयलको केन्द्रीय स्टोमा फिर्ता भएका थिए । पीआईडीका भ्रष्टहरुको सहयोग र सपोर्ट केयुकेयलका सिईओको नातेदार भएको कारण खटाएको ठाउँमा नगई सिधैं मानवस्रोत विकास महाशाखामा पदस्थापन भएका थिए । त्यहीँ बसेर हाल उनले केयुकेयल डुवाउने काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *