काठमाडौं । राजनीति आडमा अपराधी चोख्याउने प्रवृत्तिले नेता लज्जित नभए पनि कार्यकर्तामा हिनताबोध भएको छ । रातो पासपोर्ट काण्डमा मुछिएका अमिर गुरुङ हुन् कि चक्रेमिलन गुरुङ हुन् । गुरुङलाई केही महिना अगाडि महाराजगन्जको एक होटेलमा जन्म दिन मनाउन आफ्नो टीमसँग भोजभतेर गर्दै गर्दा जेनजी सरकारका प्रहरीले पक्राउ गरेको थियो । दीपक मनाङे र चक्रेमिलनबीच झगडा भइरहन्थ्यो । लगानी नगरी निर्माण व्यवसायी, म्यानपावर कम्पनी, ऊर्जा कम्पनी, सडक, पुल, सिंचाईलगायत ठूला–ठूला ठेक्का र होटेल, रेष्टुराका सञ्चालक यिनीहरुका आम्दानीका स्रोत थिए ।
संयोगवश यी दुवैजना नेकपा एमाले र राप्रपाको आडमा जोगिँदै आएका थिए । यिनीहरुले मौकाको फाइदा त्यहीबाट लिएका छन् । मनाङ्गेलाई गण्डकी प्रदेश संसद बनाउने र मन्त्री बनाउने शुरुवात एमालेले नै ग¥यो । मनाङ्गेको पौरख कानून सम्मत थिएन । अदालतले संसद् पद खारज गरेपछि दीपक गुपचुप छन् ।
तर, त्यहीँ एरियाका मिलन चक्रेलाई एमालेले गोरखा २ बाट उम्मेदवार बनाएर पार्टीकै बद्नाम गरेको छ । उता, ओखलढुंगाका अमिर गुरुङ्गलाई कोशी प्रदेशको सांसद बनाउन ईश्वर पोखरेलले जोड दिएकै हुन् । यसपटक एमालेमा ईश्वरकै बिल्लिबाठ भएपछि अमिर गुरुङ नेकपाबाट ओखलढुंगामा उम्मेदवार बन्न सफल भएका छन् । नेपाली कांग्रेसले गणेश लामालाई बोक्दा एमालेमै समेटिएका चक्रेमिलन र अमिरको संसदमा भेट हुने सम्भावना न्यून छ । एमाले र नेकपाले दूर्गन्धिता व्यक्तिलाई बोकेका छन् ।

