काठमाडौं । माछापुच्छ«े बैंकले फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटिटेकसँग सहकार्य गरेको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले दुइ कम्पनीसँग सहकार्य गरेको हो ।
माछापुच्छ«े बैंकका अत्याधुनिक पिओएस उपकरण जडान नेपालमा पहिलोपटक हस्पिटालिटी उद्योगलाई लक्षित गर्दै केएफसीसँगको सहकार्यले विभिन्न आउटलेटहरूमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । पिओएस उपकरणद्वारा ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ । उक्त उपकरणले दैनिक कारोबार अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने बैंकको दाबी रहेको छ ।

