दोलखामा समग्र विकासको खाकादिने निर्वाचन

राजनीति लेख समाचार

भोला खतिवडा

मुलुकनिर्वाचनमय भैरहेको छ । म पनि २०४८ साल देखिको निर्वाचनमा सहभागी भैरहेको छु । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमाआमनिर्वाचनभए । त्यसै गरी स्थानीयनिकायवातहकानिर्वाचनभने २०४९, २०५४, २०७४, २०४७र २०७९ मा सम्पन्नभए ।यीमध्ये एक स्थानीयनिकायको निर्वाचनपछिको दोलखाको लिएको बाटोको वारेमा चर्चा गर्न खोजिएको छ । २०४७ सालको निर्वाचनपछि २०४९ र २०५४ सालमानिर्वाचनभयो । यीदुई निर्वाचनबाटतत्कालिन स्थानीननिकायहरुमा नेतृत्वपायो । अनीजिल्लाविकास समितिपनि बने । त्यो बेलामाजिल्लाविकास समितिप्रभावकारी भूमिका रहने व्यवस्थाथियो ।यस अंकमा यसै पेरीफेरीमाविगतका स्मरणलाई संझने कोशिस गरिएको छ ।

दोलखामा स्थानीयनिकाय
दोलखाजिल्लामा स्थानीयनिकायका २ वटानिर्वाचनभए, २०४९ र २०५४ सालमा । त्यस पछि स्थानीयनिकायभन्ने गरिन्न । अहिलेको संविधानअनुसार स्थानीयतहभन्ने गरिन्छ । २०४९ सालमा ५४ वटागाउँविकास समितिथियो । त्यती बेला दोलखामा एक पनिनगरपालिकाथिएन । त्यस निर्वाचनमाअत्यधिकगाविस र जिल्लाविकास समिति समेत नेपालीकांग्रेसले जितेको थियो । स्मरणीय कुरा चाँही २०४८ सालमाभएको आमनिर्वाचनमा दोलखामा रहेका २ वटासिट नैं नेकपाएमालेले जितेको थियो ।
२०५४ सालमा दोस्रो पटकस्थानीयनिकायको निर्वाचनभयो । नेकपाएमालेले अत्यधिकजित्यो ।तत्कालिनजिल्लाविकास समितिको पूरै टिम नेकपाएमालेको भयो । यस बेलामाभीमेश्वर नगरपालिकाघोषणा भैसकेका थियो । तत्कालिनचरिकोट, दोलखा, माटी र मकैवारी गाउँविकास समितिलाई एकिकरण गरी भीमेश्वर नगरपालिकावनाइएको थियो ।यस बेलामा १ नगरपालिका र ५१ गाविस थिए ।

बृहत्तर योजनाको खाका
२०५४ मा नेकपाएमालेका लालकुमार केसी सभापति र शिवभण्डारी उपसभापतिहुनु भयो । जिविस प्रतीपक्षविहिनथियो । त्यती बेला ११ वटाइलाकाथिए । हरेक इलाकाबाट १,१ जना सदस्यनिर्वाचितहुने व्यवस्थाथियो । र २ जनामनोनीतहुने कानूनथियो । इलाकाअनुसार क्रमसःपार्वत गुरुङ्ग, ऋषीकेश उप्रेती, हर्कमायाजिरेल, माधव उप्रेती, ईश्वरचन्द्र पोख्रेल, काशीनाथपोख्रेल, गणेश श्रेष्ठ, भरत केसी, दिनेश शिवाकोटी, दलमानथामी र कुमार खड्का सदस्यहुनु भएको थियो । मनोनितमाअम्विकागोले र दुर्गा थापाहुनु भयो ।तत्कालिनजिल्लाविकास समितिमा नेकपाएमालेको एक छत्र नेतृत्वथियो ।

त्यो बेलाको अवस्था संझदै तत्कालिन सभापतिलालकुमार केसी भन्नु हुन्छ ‘१५ वटाहाइस्कूलथिए, सामुदायिकवन७२ वटाथिए । सडकको हालत उस्तै थियो । जिरीसम्म सजिलै जान सकिन्थ्यो । अन्यत्र संझिने । आफ्नो गाउँआफै बनाउँभन्ने अवधारणाले अलिअलि रेखा कोरिदैं थियो । दोलखाजिल्लाको प्रोफाइलपनिथिएन । यस्तो अवस्थामाजिल्लाविकास समितिको नेतृत्व गर्न पुगियो । आफुले नेतृत्वछाड्ने बेलामाबेलामा ५३ वटाहाइस्कूलभए । सामुदायिकवन २ सय ६२ पुगेको थिए ।’

प्रोफाइलपनिनभएको अवस्थामा गरेको काम स्मरणगर्दै तत्कालिनजिल्लाविकास समिति दोलखामाइलाका नं. ८ को तर्फबाट सदस्यहुनु भएकाहालवागमतीप्रदेश सरकारका वनतथावातावरणमन्त्री भरत केसी यसरी स्मरण गर्नु हुन्छ । ‘जिल्लाविकास समितिको पूरै टिम, केहीकार्यालय प्रमुख, भीमेश्वर नगरपालिकाप्रमुखलगायत केहीगाविस अध्यक्षहरु, तत्कालिन राजनीतिकदलको जिल्लाप्रमुख सहितको टोली ३ दिनजिरीमा बस्यौं । दोलखाको समग्र विकासको खाकामाथिव्यापकछलफलग¥यौं । अनीदिर्घकालिन योजनालाई अन्तीम रुप दिने कोशिस ग¥यौं ।’

त्यस बेलामा दोलखाको विकासकोलागि नारा जस्तो लाग्ने परिकल्पनातयार भएको रहेछ । त्यस कार्यशालाबाटदिर्घकालिन सोच ‘जलशक्ति, पर्यटन, वन र कृषीबाली ः शिक्षा, स्वास्थ्य र यातायातले समुन्नत दोलखाली’तर्जुमा गरिएको रहेछ । सोही सोच अनुसारको कार्यक्रमवा योजनाहरु तय भए, सञ्चालन गरिए ।सडकले गति लियो । ग्लोबल टेण्डर गरेर एक डोजर किनिएछ । सडक वनाउनतिव्रतापाएछ । त्यो डोजर किनेर पहिलो पटक दोलखा देखि सिंगटीसम्मको सडक बनाउनप्रयोग गरियो । त्यस पछिमुडे मेलुङ्ग सडक वनाउनप्रयोग गरियो । त्यही बेलामात्यो डोजरलाई अहिलेको शैलुङ्गआसपासमाआगो लगाइयो ।

२०५४ सालको तत्कालिनजिल्लाविकास समितिको सोच अनुसार दोलखाको विकास अगाडीवढेको पाइन्छ । त्यो दिर्घकालिन योजनाले दोलखामा रिङ रोडको कल्पनागर्दै मुडे मेलुङ सित्तली सडक लगायतले मुर्त रुप पाइरहेको छ । अरु सडक पूर्वाधारको कल्पना दस्तावेजमा उल्लेख भएको रहेछ । कृषिलाई व्यवसायीवनाउने, राष्ट्रियवन समुदायलाई हस्तान्तरण गर्ने र जलविधुतआयोजनाहरु खाकाहरु तयार भए । संवाद गरिए । अपर तामाकोशीको संभावना र उपायको बारेमा काठमाडौं केन्द्रीतकार्यक्रमआयोजना गरी आफ्नो रणनीतिकलक्षप्राप्तीकोलागितत्कालिनजिविसको नेतृत्वलागेको थियो ।

नेतृत्वको निरन्तरता
२०५४ सालको जिविसको टिमका नेताहरु अहिलेसम्म पनि नेतृत्वदायिभूमिकामा सवल देखिनु भएको छ । लालकुमार केसी र शिवभण्डारी दोलखाका सम्मानित नेता र अभिभावकको भूमिकामाहुनुहुन्छ ।उहाँहरु दुवै राजनीतिकसँगसँगै उत्पादन क्षेत्रमा जोडिनु भएको छ । त्यो बेलाको सदस्यपार्वत गुरुङ २ पटक सांसद हुनु भयो । मन्त्रीहुनु भयो । २ वटा संघीयमन्त्रालय सम्माल्ने मौका पाउनु भयो । उहाँको मन्त्रीको कार्यकाल सफलमान्ने गरिन्छ । गुरुङ्गअहिलेप्रतिनिधि सभाको सदस्यकालागिचुनावी मैदानमाहुनुहुन्छ ।

तत्कालीनजिल्लाविकास समिति दोलखाका सदस्य भरत केसी बागमतीप्रदेश सरकारका मन्त्रीहुनुहुन्छ । उहाँ संघीयतापछिको पहिलो भीमेश्वर नगर प्रमुखपनिहुनुहुन्थ्यो । अर्का सदस्य ईश्वरचन्द्र पोखरेल २०७४ सालमातामाकोशीगाउँपालिकाको अध्यक्ष र नेकपाएमालेको जिल्लाअध्यक्ष समेतको भूमिकानिर्वाह गरिसक्नु भयो । दिनेश शिवाकोटी, ऋषीकेश उप्रेती, कुमार खड्का, अम्विकागोले पनि राजनीतिकतहमा नेतृत्व गरिरहनु भएको छ । २०५४ सालको जिविसको नेतृत्व र त्यो नेतृत्वले तयार गरेको विकासको खाकाले अहिलेसम्म दोलखालाई डो¥याइरहेको पाइएको छ । त्यो खाकालाई अझ परिस्कृत गर्न भने पक्कै आवश्यकहोला ।

अहिले आमनिर्वाचनको संघारमा छौं । यस बेलामाविगतकाअसलअभ्यासलाई आधारको रुपमालिन सक्नु पर्दछ । स्थानीय र आमनिर्वाचनको फरक छुट्याउन सक्नु पर्दछ । आमनिर्वाचनबाट चयन हुने प्रतिनिधिहरुले राष्ट्रियनीतितथाकार्यक्रमएवं कानूनवनाउनभूमिका खेल्ने हो । सोहीअनुसारको खाकावनाउन सक्ने हुनु पर्दछ । स्थानीय समुदाय, नागरिक वा स्थानीयतहको चाहानालाई नीतिगतव्यवस्था गर्ने विषयमाचर्चा गर्नु आवश्यकहुन्छ । दोलखाको सन्दर्भमा २०५४ सालको सोचलाई थपउचाईमा पु¥याउने हुनु पर्दछ । जगलाई नविर्सि थपकामहुनु पर्दछ । दोलखाको सन्दर्भमा २०५४ सालामा कोरेको खाका जग हो भनेर मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *