निर्वाचनमा नेता र कर्मचारी मालामाल देश बेहाल

राजनीति समाचार

काठमाडौं । निर्वाचन आउनुभन्दा महिना दिन अगाडिदेखि कर्मचारीहरु कार्यालयको नियमित काम छोडेर सेवाग्राहीहरुलाई सास्ती दिन थालेका छन् । कर्मचारीहरु निर्वाचनमा खटिने नाममा सेवाग्राहीहरुको नियमित काम छाडेर निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन् । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु गरेपछि सरुवा, बढुवामा खेलेर कमाउ धन्दा चलाउने कर्मचारी र विचौलियाहरुको ओठतालु सुकेको छ । कर्मचारी सरुवा, बढुवामा खेलेर कमाउन नपाएपछि त्यस्ता विचौलिया र कर्मचारीहरु निर्वाचन सामग्री खरिद, ढुवानी र सुरक्षा व्यवस्थापनमा जुट्न थालेका छन् । यता निर्वाचनमा खटिन नपाउने कर्मचारीहरु हाजिर गरेर राजनीतिक चलखेलमा जुट्न थालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यतिबेला सुनसान अवस्थामा गुज्रिइरहेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा, बढुवाको भीड लाग्ने गर्दथ्यो । सरुवा बढुवा रोकिएपछि सो मन्त्रालय यतिबेला सुनसान अवस्थामा पुगेको हो । तर, निर्वाचन आयोगन, गृहमन्त्रालय, अर्थमन्त्रालय र रक्षामन्त्रालयका कर्मचारीहरुलाई भने दशैं आएको छ । अर्थमन्त्रालय अन्तर्गत भन्सार, राजश्व र कर कार्यालयका कर्मचारीहरुले राजश्व छली गर्ने व्यापारीहरुसँग मिलेमतो गरी असुली धन्दा चलाउछन् भने सुरक्षा निकायका उच्च तहका कर्मचारीहरुले सुरक्षा बन्दोबस्ती, हातहतियार, रासन र पोशाक खरिदमा कमाउ धन्दा चलाइरहेका छन् । उता, निर्वाचन आयोगको त कुरै नगरौं ।

आयोगका कर्मचारीहरु त विगत तीन महिनादेखि दशैं मनाउँदै आएका छन् । आयोगका कर्मचारीहरु चौबिशै घण्टा कार्यालयमा डेरा जमाएर तलबको दुई गुणा बढी भत्ता लिने काम गर्दै आएका छन् । आयोगका उच्च तहका कर्मचारीहरुले मत पेटिका खरिद, मतपत्र छापाइ, गाडी दरिद, ढुवानी, मसलन्द खरिद, स्वस्तिक छाप खरिद, लाहा खरिद, मतपेटिका पोको पार्ने कपडा खरिद, मतदान केन्द्र व्यवस्थापन गर्ने डोरी खरिदलगायतमा ठूलो आर्थिक चलखेल गर्ने गरेको स्रोतको दावी छ । किन कि विगतका निर्वाचनमा हुने खर्चको अवस्था हेर्दा त्यस्तै देखिन्छ । विगतका दिनमा आयोगभित्र हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारको अख्तियार र सम्बन्धित निकायले. छानविन गरेको पाइँदैन । त्यसले गर्दा छिटोछिटो निर्वाचन हुँदा नेता र कर्मचारीहरु मालामाल, विकास निर्माणका काम ठप्प हुँदा देश बेहाल हुन अवस्थतातिर धकेलिँदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *