काठमाडौं । अमेरिकाले गोल्ड कार्ड नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्ने उल्लेख गरेको हो । यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ। गोल्ड कार्ड भिषा पाउनेले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनुका साथै । नागरिकता पाउने सहज बाटो खुल्ने भएको छ ।
ट्रम्पले यसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने नयाँ मार्गको रूपमा प्रस्तुत गरेका छन्। उनले ‘गोल्ड कार्ड’ लाई हालको ईबी–५ भिसा कार्यक्रमको विकल्प भनेका छन् । उनले भविष्यमा १० लाख गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गरेका छन् । यस पहलबाट राष्ट्रिय ऋण छिट्टै तिर्न सकिने उनले दाबी गरेका छन् ।