विदेशी सहायता पुन : सुरू गर्न ट्रम्पलाई अदालतको आदेश

विविध समाचार

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता पुनः सुरु गर्न अमेरिकाको एक अदालतले आदेश दिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता सञ्चालन गर्न दुई दिनको समय दिएको थियो । तर सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच.अलीले दुई हप्ता अगाडि नै आदेश दिएको जनाइएको छ ।

आदेश अनुसार उनको प्रशासनले त्यसलाई पालना नगरेको आरोप लागेको छ । यसले गरिब राष्ट्रहरूलाई दिइने स्वास्थ्य सहायता समेत रोकिएको थियो । यस आदेशपछि शिक्षा, स्वास्थ्य, विकास, रोजगारीका कैयौं परियोजनाहरू ठप्प भएका छन् । ती सबै परियोजनाको प्रमुख वित्तिय स्रोत अमेरिका नै रहेको थियो । राष्ट्रपति ट्रम्पले जनवरी २० मा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रम बाहेक सबै विदेशी सहायता रोकेको घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *