भोला खतिवडा
नेपालमा वन्यजन्तु संरक्षणका विषयमा समयसमयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना हुँदै आएका छन्। कहिले बाघ संरक्षणका लागि, कहिले हात्ती व्यवस्थापनका लागि, त कहिले गैँडाको संरक्षणका सवालमा ठूला बहस र कार्यक्रमहरू भएका छन्तर विश्वमै सबैभन्दा बढी तस्करी हुने स्तनधारी जनावरमध्ये एक मानिने सालक ९प्याङ्गोलिन०का विषयमा भने अपेक्षाकृत कम चर्चा हुँदै आएको थियो।यस पृष्ठभूमिमा बागमती प्रदेश सरकारवन तथा वातावरणा मन्त्रालयले सालकलाई केन्द्रमा राखेर आयोजना गरेको ‘प्रथम सालक सम्मेलन’ एक ऐतिहासिक पहलका रूपमा देखिएको छ। यसले न केवल सालक संरक्षणको मुद्दालाई सार्वजनिक बहसमा ल्याएको छ, बरु यस प्रजातिलाई प्रदेशकै “गौरवकोप्राणी”घोषणा गर्ने सन्देशमार्फत संरक्षणको नयाँ अध्याय सुरु गरेको छ।
सालक : प्रकृति र किसानको मौन साथी
सालक एक अनौठो बनावट भएको स्तनधारी जनावर हो। यसको सम्पूर्ण शरीर कडा केराटिनयुक्त खप्टाले ढाकिएको हुन्छ। यही केराटिन पदार्थ मानिसको कपाल र नङमा पनि पाइन्छ। शत्रुको आक्रमणको आभास पाएपछि सालक तुरुन्तै आफ्नो शरीर गोलाकार बनाएर भकुण्डोजस्तै बन्छ। यसरी खप्टाभित्र टाउको, पेट र नरम अंगहरू लुकाएर आफूलाई सुरक्षित राख्ने यसको अद्भुत क्षमता हो।
सालकका खुट्टा बलिया र नङहरू तीखा हुन्छन्, जसले जमिन खन्न र धमिरा–कमिलाका गुडाहरू भत्काउन सहयोग गर्छ। यसको जिब्रो अत्यन्तै लामोकरिब २५ देखि ४० से।मी। सम्महुन्छ, जुन शरीरभन्दा लामो नै हुन सक्छ। यसले जिब्रोलाई टाँसिएजस्तो बनाइ कमिला र धमिरा समातेर खान्छ। सालकसँग दाँत हुँदैनस त्यसैले उसले खाना सिधै निल्छ।
एउटा सालकले एकै रातमा हजारौं कीरा खान सक्छ। यसले कीराको सङ्ख्या नियन्त्रण गरी वन तथा कृषि दुवै क्षेत्रमा पारिस्थितिक सन्तुलन कायम राख्न ठूलो योगदान पुर्यानउँछ। यही कारण धेरैले सालकलाई “किसानकोसाथी”पनिभन्छन्।यसलेबालीमाक्षतिपुर्यारउनेकीराघटाउनेभएकाले कृषकका लागि प्रत्यक्ष लाभदायी हुन्छ।
सालक प्रायः निशाचर ९राति सक्रिय० जनावर हो। वन, झाडी, घाँसे मैदान र कृषिक्षेत्र नजिक यसको बासस्थान पाइन्छ। सामान्यतया एक पटकमा एउटा मात्र बच्चा जन्माउने भएकाले यसको प्रजनन दर न्यून हुन्छ। आमा सालकले बच्चालाई आफ्नो पुच्छरमा राखेर हिँड्ने गर्छ, जुन दृश्य प्रकृतिको कोमल पक्षको उदाहरण हो।
विश्व र नेपालमा सालकको अवस्था
विश्वमा सालकका आठ प्रजाति पाइन्छन्। तीमध्ये नेपालमा दुई प्रजातितामे सालक र कालो सालकपाइन्छन्। अध्ययनअनुसार नेपालका ७७ जिल्लामध्ये ६२ जिल्लामा सालकको उपस्थिति भेटिएको छ, जसमा बागमती प्रदेशका सबै जिल्लाहरू समावेश छन्।
तर दुःखद पक्ष के छ भने सालक विश्वकै सबैभन्दा धेरै अवैध रूपमा तस्करी हुने स्तनधारी जनावरका रूपमा चिनिन्छ। यसको खप्टा र मासु अवैध व्यापारको सञ्जालमा उच्च मागमा पर्ने भएकाले यस प्रजाति गम्भीर जोखिममा परेको छ। अवैध सिकार, बासस्थान विनाश र मानव गतिविधिका कारण सालकको सङ्ख्या घट्दो अवस्थामा छ। सालकले मानिसलाई कुनै प्रत्यक्ष हानी नगरे पनि मानव स्वार्थकै कारण यसको अस्तित्व संकटमा परेको विडम्बना छ।
माडीमा आयोजित ऐतिहासिक सम्मेलन
यसै सन्दर्भमा बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले चितवन जिल्लाको माडी नगरपालिकामा प्रथम सालक सम्मेलन आयोजना गर्योव। सम्मेलन डिभिजन वन कार्यालय चितवनको संयोजनमा सम्पन्न भएको थियो।
कार्यक्रममा २०० भन्दा बढी सहभागीहरूको उपस्थिति थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्ज,१५ वटै डिभिजन वन कार्यालय, १३ वटै जिल्लाबाट सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, संरक्षणकर्मी, विज्ञ, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
सम्मेलनको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले गर्नुभएको थियो। कार्यक्रममा सालकको जैविक विशेषता, संरक्षणको आवश्यकता, चुनौतीहरू तथा भावी रणनीतिका विषयमा जानकारीमूलक प्रस्तुतीकरणहरू गरिएको थियो। संरक्षण क्षेत्रमा क्रियाशील विज्ञहरूले अनुभव र अनुसन्धानका निष्कर्षहरू साझा गरेका थिए।
सात बुँदे माडी घोषणा
सम्मेलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि सात बुँदे माडी घोषणा पत्र जारी हुनु हो। यस घोषणा पत्रले सालक संरक्षणलाई संस्थागत र नीतिगत आधार दिन खोजेको छ। सालक पाइने वन तथा संरक्षित क्षेत्रहरूमा संरक्षण र बासस्थान व्यवस्थापन सुदृढ गर्ने, संरक्षण शिक्षा र जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने, चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीनै तहका सरकार, संरक्षण साझेदार संस्था र स्थानीय समुदायबीच सहकार्य गर्ने, नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेशस्तरीय योजना निर्माण गरी आवश्यक स्रोतसाधन जुटाउने भनीएको छ । त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, विश्वविद्यालयहरू र अनुसन्धान निकायहरूसँग सहकार्य गर्दै अध्ययनअनुसन्धान अगाडि बढाउने, स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व सुनिश्चित गर्दै संरक्षण कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने, अन्य प्रदेश तथा राष्ट्रिय स्तरमा समेत सालक सम्मेलन आयोजना गर्न पहल गर्ने विषयहरू उल्लेख गरिएका छन् ।
यस घोषणामा बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा सालकलाई “प्रदेशकोगौरवकोप्राणी”घोषणागर्नेसन्देशप्रतिआभारव्यक्तगर्दैयसकोवैधानिकतासुनिश्चितगर्नआवश्यकपहलगरिनेउल्लेखगरिएकोछ।साथैनीति, कार्यक्रम र बजेटमार्फत संरक्षणलाई संस्थागत बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
सालक संरक्षणस् किन आवश्यकरु
सालक संरक्षण केवल एउटा प्रजाति जोगाउने प्रयास मात्र होइनस यो समग्र पारिस्थितिक प्रणाली जोगाउने अभियान हो। कीरा नियन्त्रणमार्फत कृषि उत्पादनमा योगदान, वन पारिस्थितिक सन्तुलन कायम राख्ने भूमिका, र जैविक विविधताको संरक्षण—यी सबै पक्ष सालकसँग जोडिएका छन्।
यदि सालक लोप भयो भने कीराको सङ्ख्या अनियन्त्रित रूपमा बढ्न सक्छ, जसले वन र कृषि दुवै क्षेत्रमा नकारात्मक असर पार्न सक्छ। त्यसैले सालक संरक्षण दीर्घकालीन खाद्य सुरक्षा र वातावरणीय स्थायित्वसँग पनि सम्बन्धित छ।
समुदायको भूमिका र भावी बाटो
सालक संरक्षणमा स्थानीय समुदायको भूमिका निर्णायक हुन्छ। किनकि सालक मानव बस्ती नजिकका वन, झाडी र कृषिक्षेत्रमा पनि पाइन्छ। यदि स्थानीयवासी सचेत र जिम्मेवार भए भने चोरी सिकार तथा अवैध व्यापार नियन्त्रण गर्न सजिलो हुन्छ। सामुदायिक वन व्यवस्थापन नेपालको सफल मोडेलमध्ये एक हो। यही संरचनालाई प्रयोग गर्दै सालक संरक्षणलाई स्थानीय तहसम्म पुर्याउन सकिन्छ। विद्यालयस्तरदेखि नै संरक्षण शिक्षा समावेश गर्ने, युवा समूहहरूलाई परिचालन गर्ने, र अनुसन्धानका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने जस्ता कदम प्रभावकारी हुन सक्छन्।
अन्त्यमा, बागमती प्रदेशद्वारा आयोजित प्रथम सालक सम्मेलन केवल एउटा कार्यक्रम होइनस यो संरक्षण चेतनाको नयाँ सुरुवात हो। सालकलाई प्रदेशको गौरवको प्राणी घोषणा गर्ने सन्देशले यस प्रजातिप्रति सम्मान र उत्तरदायित्व दुवै बढाएको छ।अब चुनौती भनेको घोषणालाई व्यवहारमा उतार्नु हो। नीतिगत प्रतिबद्धता, पर्याप्त बजेट, प्रभावकारी कार्यान्वयन, र समुदायको सक्रिय सहभागिताबाट मात्र सालक संरक्षण सफल हुन सक्छ। सालक मौन प्राणी होउसले आफ्नो अस्तित्वको रक्षा गर्न आवाज उठाउन सक्दैन। त्यसैले उसको आवाज बन्ने दायित्व हाम्रो हो। बागमती प्रदेशले सुरु गरेको यो अभियान राष्ट्रव्यापी आन्दोलनमा रूपान्तरण हुन सकेमा, सालक मात्र होइन, समग्र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ।


