समाचारको खण्डन सम्बन्धमा

राजनीति समाचार

काठमाडौं । तामाकोशी सन्देश साप्ताहकले विगत लामो समयदेखि देशमा हुने गरेका भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै आएको छ । आगामी दिनमा पनि त्यो सिलसिला जारी रहने अवगत गराउछौं । त्यसै सिलसिलामा वैदेशिक रोजगारीमा जाने पीडितहरुको र विभागमा हुने विकृतिविरुद्ध तामाकोशी सन्देशले समाचार सम्प्रेषण गर्दै आएको छ । त्यसरी समाचार सम्प्रेषण गर्दा अहिलेसम्म विभागबाट कुनै समाचारप्रति प्रेस काउन्सिल नेपालमा उजुरी परेको थिएन ।

तर, २०८२ पुस २३ गते ‘वैदेशिक रोजगार विभागमा मिरा आचार्यको दबदबाह’ र माघ १४ गते ‘महानिर्देशक र निर्देशकको मुक्कामुक्की’ शीर्षकमा तामाकोशी सन्देशले प्रतिकाशित गरेको समाचारको विषयलाई लिएर त्यसप्रति असहमति जनाउँदै वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले कारबाही गरिपाउँ भनी काउन्सिलमा उजुरी दर्ता गरेको जानकारी हामीलाई प्राप्त भएको छ । वैदेशिक रोजगार विभागको उक्त समाचार हामीले कुनै व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले नभइ संस्थागत विकृतिविरुद्ध उजागर गरेका थियौं ।

यदि उक्त समाचारले आचार्यको व्यक्तिगत जीवन र पेशामाथि आँच पु-याएको भए हामी क्षमाप्रार्थी छांै । तर, विभागकी महानिर्देशक मिरा आचार्यसँग तामाकोशी सन्देशको कुनै चिनजान र सम्बन्धन नभएको र व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्य नरहेको जानकारीसहित उक्त समाचार खण्डन गर्न चाहन्छौं । तर, कर्मचारी स्रोतका अनुसार कसैलाई लान्छना लगाउने र व्यक्तिगत चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण गर्ने हाम्रो नियत पनि होइन । उक्त समाचारले महानिर्देशक आचार्यलाई पर्न व्यक्तिगत र पेशागत असराप्रति क्षमा चाहन्छौं । –सम्पादक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *