रास्वपा पश्चिमा र भारतको इसारामा चल्दै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनमा दुई तिहाई बहुमतमा जित हासिल गरेर सरकार बनाउने तयारी गरिरहेको छ । रास्वपाबाट निर्वाचित सांसद्हरु यतिबेला एक–आपसमा चिनापरिचय गर्ने र भलाकुसारीमा रमाइरहेका छन् । देश कुन अवस्थामा पुगेको छ र सांसद, मन्त्री बनेर के गर्ने भन्ने अधिकांशलाई थाहा छैन । रास्वपाका १८२ जना सांसदहरु को कहाँबाट निर्वाचित भएका हुन् भन्ने धेरैलाई थाहा छैन ।

निर्वाचन अगाडि एक–अर्कासँग भेटघाट र चिनजान नभएका व्यक्तिहरु रास्वपाबाट सांसद पदमा निर्वाचत भएर आएका छन् । रास्वपाले जथाभावी टिकट बाँड्दा विभिन्न कान्डमा मुछिएका व्यक्तिहरु समेत सांसद बन्न भ्याएका छन् । रास्वपाबाट सांसद बनेकाहरु कोही सहकारी ठगीमा मुछिका छन् कोही कालो सुचीमा परेका छन्, कोही सुना काण्डमा मुछिएका परिवारका छन् । कालोसुचीमा परेकै कारण धनुषा १ बाट उम्मेदवार बनेका किशोरी साहको निर्वाचन परिणाम नै विवादमा परेको थियो । त्यसैगरी रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचित भए तापनि कानुनअनुसार सपथ खान पाउने छैनन् । तर, महान्यायधिवक्ताको कार्यालयले उनलाई चोख्याउने प्रयास गरिरहेको छ ।

त्यस्तै रास्वपाका अन्य सांसदहरुको पनि छानविन गर्ने हो भने विभिन्न काण्डमा मुछिएका व्यक्तिहरु धेरै हुने आँकलन गर्न थालिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दिनेहरुको स्वघोषणामा भर परेर उम्मेदवारी दर्ता गराएको थियो । पहिलाका निर्वाचनमा दलहरुले उम्मेदवारी दर्ता गर्दा कुनै कसुरदार छ कि छैन भनेर निर्वाचन आयोगले त्यस्ता व्यक्तिहरु पहिचान गरी उम्मेदवारी कायम गर्ने गरेको थियो । तर, यसपालिको निर्वाचनमा त्यो देखिएन । रास्वपाबाट मन्त्री बन्नेहरुमा मन्त्रालयमा गएर के काम गर्ने र कस्तो योजना ल्याउने भन्ने भिजन पनि देखिँदैन ।

रास्वपाबाट निर्वाचित अधिकांश सांसदहरु सामाजिक सञ्जालमा रमाउने र भिउज बढाउने काममा व्यस्त हुने देखिन्छ । त्यसले गर्दा नेपालको राष्ट्रिता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा रास्वपाले कसरी गर्छ त्यो प्रतिक्षाको विषय बनेको छ । गत फागुन २१ को निर्वाचन नेपाल र नेपालीको लागि नभई विदेशीको चाहना र इसारामा भएको खुलासा पछिल्ला दिनका घटनाक्रमले देखाइरहेको छ । किन कि नेपालमा चुनाव सकिनासाथ अमेरिकी सेनाका प्रतिनिधि तीनदिने नेपाल भ्रमणमा आएर प्रधानसेनापतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अर्कोतर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा चुनाव सकिनासाथ रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग टेलिफोन सम्वाद गर्नुपनि अर्को रहष्यपूर्ण विषय बनेको छ । पहिला नयाँ प्रधानमन्त्री बनेपछि भारतले बधाइ दिने र भ्रमणमा बोलाउने गरेको थियो भने यसपालिको प्रतिनिधि सभा निर्वाचन सकिएको केही दिनमै रास्वपाका नेताद्वय रवि र बालेनसँग टेलिफोन वार्ता गर्नुले पश्चिमाहरुले यति बेला नेपालको राजनीति पश्चिमा र भारतको इसारामा चलेको अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *