काठमाडौं हिजो राम्रा थिएनन्, आज राम्रा छान्नेको हालत पनि देखिन्छ । कांग्रेसका प्रकाशमान सिंह घरमै बस्थे तर उप–प्रधानमन्त्रीले पाउने सुविधा लिन्थे । डा. आरजु राणा देउवाको कुरै थिएन । भव्य हवेली थियो । एमालेका विष्णु पौडेल र कांग्रेसका रमेश लेखकको कुरै नगरौं । पृथ्वी सुब्बा गुरुङ, दिपक खड्काको घर जल्नुको कारण निजी घर हुँदा पनि सरकारी भवन कब्जा गर्नु हो । सुविधासम्पन्न महल भएकामाथि बरदारी गर्ने जनशक्ति अब आइसकेको छ ।
एक सांसदले मासिक रु ६६ हजार तलब बुझ्छन् । त्यसैगरी आवास खर्च रु १८ हजार, पानी, बिजुली ९ हजार बुझछन् । सिंहदरबारभित्र हरेक दिन प्रत्येक समितिको बैठक भत्ता रु. १ हजार हुन्छ । हरेक दिन सिंहदरबार छिर्न रु १ हजार देशभित्रको भ्रमण भत्ता २५ सय दैनिक देश बाहिर प्रत्येक दिन २२ सय डलर भत्ता बुझ्थे । ती सांसदले श्रीमती–छोराछोरी, साला–साली, सचिवालयमा राखेर सुविधा लिने गर्दथे । त्यसमा कोही चोखा थिएनन् ।
एमालेका योगेश भट्टराई, कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा मात्रै होइनन् माओवादीका जनार्दन शर्माजस्ताको पनि त्यही खेती थियो । आज त्यस्ता तत्व र घिनलाग्दा अनुहार छैनन् । कुरा तीनकै चरित्रका हुन् । तर, समयको पावन्ती र राज्यको परिवन्दले राजनीतिमा महान ठेकेदार बनेका कांग्रेस र एमालेलाई अब डर भएको छ । किन कि यिनका सांसदले अध्यक्षबाट पठाइएका अनुहारलाई पिए राख्नैपर्छ । ओलीको कृपामा टिकट पाएर सांसद भएका मात्र होइनन् समानुपातिकमा टिकट पाएका भन्दा पनि नाम छनौटमा परेकाहरुले ख्याल गर्नुपर्ने छ । सांसद पद भ्रष्टहरुको केन्द्र बन्नुहुँदैन । जनताको पक्षमा काम हुनुपर्छ ।
कांग्रेसमा सभापतिको तजवीजमा सांसद चल्दैन । नेकपामा प्रचण्डको हालीमुहाली चलिरहेको छ । माधव पक्षले समानुपातिक ४ प्रत्यक्षमा एक मागे जति दिएका थिए । तर, माधव नेपाल, राजेन्द्र पाण्डे, सोमप्रसाद (सम्धी) जस्तालाई जनताले पत्याएनन् । अब पार्टी फुटाउने ल्यागत त्यहाँ छैन । प्रचण्डसँग बाझेर माधवसँग तर्केका राम कार्की, सुदन किराती, धनमाय, भूपाल राजनीति अस्ताए । संसदको नाममा मनपरी गर्नेहरुलाई तर्साउने टोली संसदमा रास्वपा छ, सडकमा जेनजी अभियानकर्ता छन् ।

