काठमाडौं । चुनाव जित्न नपर्ने, पार्टी सभापतिले पद दिए हुने । प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र नेताको पारा देख्दा लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ । विधानको ख्याल नगर्ने पदको जोखाना हेरेर अन्तर्कलह चर्काउने काम डा. शेखर कोइराला र पूर्वबहादुर खड्काले गर्दै आएका छन् । पार्टी फुटाउने मूल उद्देश्य लिएर चुनावमा जनताले नपत्याएका डा. प्रकाश शरण महत, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शेखर कोइराला जस्ता नेताको पछि लागेर भ्रष्टाचार काण्डमा डुबेका मोहन बहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्कीहरु पनि मच्चिएका छन् । आफूले टिकट नपाउँदा एक दिन पनि चुनाव प्रचारमा ननिस्किएका प्रकाशमान सिंह, रामहरि खतिवडाहरुले पार्टीको चिन्ता लिनु गोहीको आँसु बगाउनु सरह हो ।
संस्थापन पक्षले असोजमा महाधिवेशन गर्नेगरी कार्यक्रमको क्यालेन्डर ल्याएको छ । १५ औं महाधिवेशनको तामझामतर्फ कुनै चासो नदिएको तदर्थवादी शैलीले पार्टी चलाउने भ्रातृ, भगिनी संगठन चलाउनेहरु प्रजातन्त्रको जग बलियो बनाउन चाहँदैनन् भन्ने कुरा तीनकै गतिविधिले देखाएको छ । सर्वोच्च अदालतले विशहेष महाधिवेशनलाई अवैध भन्न सक्दैन । किन कि ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको सहभागिता हस्तारसहित अदालतमा पेश भएको कारण देउवा समूहको रमझम धेरै टिक्दैन । आज कांग्रेसभित्र सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्माप्रति डा. शेखर कोइराला र प्रकाशमान सिंहले रिश गरेका छन् । किन कि उनीहरु हिजो कोइराला र सिंहको टिमबाट चुनाव लडेर महामन्त्री भएका थिए ।
सिटौलाकै टिममा लागेर प्रदीप पौडेल २०७९ मा सांसद भएका थिए । ओली सरकारको पालामा स्वास्थ्यमन्त्री हुँदा खासै बदनाम भएनन् । यसपटक उनी पनि युवाकै टिमबाट महामन्त्री भएका छन् । डा. शेखर टिमकै गुरुराज घिमिरे पनि महामन्त्री भएका छन् । तिनकै विरुद्ध पुरानो टिम लागेको देख्दा यिनीहरुलाई देख्नेलाई लाज भएको छ । प्रधानमन्त्री हुने व्यक्ति प्रधान हुने एमाले नेतृत्व जस्तै कांग्रेसमा पनि जात्रा देखिएको छ । जुन जात्रा पार्टीको विधान लत्याएर अस्तित्व बचाउने होडवाजी छ । कांग्रेस विभाजन हुने अवस्था छ । किन कि २०५६ सालमा देउवाले पार्टी फुटाउँदा पछि लाग्नेहरु धेरै पुरानो नेतृत्वको छत्रछायाँमा छन् । जसले आफैले बनाएको विधानको ख्याल गर्दैनन् । शेरबहादुर देउवालाई अगाडि सारेर चुनावमा जान्थ्यो भने कांग्रेस सकिन्थ्यो ।

