काठमाडौं । सरकारमा बस्दा जनता नचिन्ने जेनजी आन्दोलनबाट पदच्यूत हुँदा आक्रमक बन्नु नौलो कुरा होइन । एमाले अध्यक्ष ओलीले संसद विघटन गर्दा ठीक हुने, ओलीकै सिफारिसमा प्रधानमन्त्री बनेकी शुशिला कार्कीले विघटन गर्दा प्रतिगमन हुने एमालेको यस्तो व्यवहारले वौद्धिक जमात चकित भएको छ । सबै दल चुनावतिर केन्द्रित हुँदा एमाले घेराबन्दीमा परेकोे छ ।
आफूबाहेक अरुले पार्टीको नेतृत्व लिनै नहुने अध्यक्ष ओलीको तर्क सवैले हो मा हो गर्नै पर्ने जनताको बहुदलीय जनवादको व्याख्या जसरी गरेपनि भएको छ । कांग्रेस चुनावमा जाने भन्छ, एमाले चुनावको वातावरण छैन भनेर टारिरहेको छ । मंसिर ६ गते भृकुटी मण्डपको एमाले प्रदर्शनमा अध्यक्ष ओली आफैले च्यापेका दूर्गा प्रसाईँ विरोधी भए पनि यसपटक मंसिर ७ गतेको देशव्यापी आमहडतालको हल्लाले पक्राउ पर्दा त्यसको विरोध ओलीले गरे ।
भृकुटी मण्डपमा आयोजित एमालेको सभा बागमती प्रदेश कमिटीले आयोजना गरेको थियो । सो सभामा एमालेले सोचेअनुसारको जनउपस्थिति भयो कि भएन समीक्षा हुँदै होला । एमालेकै पार्टीले नै जन प्रदर्शनले पार्टीमाथीको दबाब घट्दै गएको छ ।
चर्को विरोध गरेर मात्र हुँदैन । आज नेकपा एमाले जनताको वीचमा गएको छ । वडा तहदेखि नगर तहसम्मको कार्यकतलिे देखाएको सकृयताबाट नेताहरु ढुक्क भएका छन् । मृकुटी मण्डवमा एमालेको जनप्रदर्शन सागर झैं उर्लँदो हुन्छ भन्ने अपेक्षा नेताको थियो । तर त्यो देखिएन, जिल्ला सम्पर्क समिति र कार्यकर्ताको जमघटमा अध्यक्ष, महासचिव, बागमती प्रदेश अध्यक्ष लगायतका सहभागीहरु उत्सुक देखिएनन् । किन की अध्यक्ष ओलीको भाषणले कार्यकर्ता र सहमागीहरुलाई ढाडस दिने खालको थियो ।
एमालेको यो कार्यक्रम वहुप्रचारित भएको थियो । स्थानीय तहका वडा, नगर, प्रदेश, जिल्लाहँुदै केन्द्रीय सभा समेत सहभागि थियो । आयोजक वाग्मती प्रदेश कमिटी भए तापनि पार्टीका कोद्रीय नेताहरूको मञ्चमा देखिएको उपस्थिति रोचक थियो । एमालेको त्यो कार्यक्रमप्रति आलोचकहरूको बोल्ने ठाउा थिएन । बरू मंसिर ५ गते युथ फेर्सको विकल्पको भोलेन्टोस ग्रुप घोषणामा उभ्याईएका नेता, पटके अपराधिक क्रियाकलापमा सहभागी भएको फेरिस्त जनताले खुलस्त बनाए ।
उता, एमालेले चुनाव हुँदैन भन्छ । तर, संसद पूर्नस्थापन र चुनावको प्रचारसँगै गरेको छ । अध्यक्षले गर्ने निणर्य र पार्टीले गर्ने घोषणा एकसाथ आएका होइनन् । कम्युनिस्ट पार्टी, सामुदायिकतामा चल्नुपर्छ । तर, एमाले अध्यक्ष ओलीले आफ्नो शुरले जे गर्छन् त्यो पार्टीको निर्णय भनी पदाधिकारीले मान्नुपर्ने वाध्यता छ । पार्टी पदाधिकारीहरूको सचिवालयले समेत अध्यक्षको एकलौटी निणर्यको लोलीमा वोलि मिलाउनुपर्ने भएको छ ।
त्यसैले सार्वजनिक समारोहहरुमा सहभागिता देखिए तापनि उत्साह कम हुन पुगेको छ । त्यसको समीक्षा नेकपा एमालेले संसदको दोस्रो ठूलो दल, स्थानीय सरकारमा पनि दोस्रो शक्ति हो । तर त्यो पार्टीले सरकारमा छँदा भाद्र २३ को जेनजी आन्दोलनप्रति दुःख प्रकट गर्न सकेको छैन । पार्टीमा यस्तो हुँदा संसद् पुनस्र्थापना भएको खण्डमा नयाँ एजेण्ड ल्याउँछ । सत्ताप्राप्ति बाहेकका कांग्रेस आफै चुनावमा जाने भनेको छ ।
एमाले अदालत जाने भन्छ आफैले भर्ती गरेका न्यायाधीशले एमाले अध्यक्षका एजेन्डालाई स्वीकार्लान भन्न सकिन्न । हिजो ओलीले विघटन गरेको संसद् त्यहीं अदालतले पुनस्र्थापना गर्दा र आजको राजनीतिक माहोल फरक छ भन्ने बुझ्न किन अध्यक्षलाई अप्ठेरो भयो । यो प्रश्नले धेरैतिर एमालेलाई घाटा पुगेको छ । आफू घेराबन्दीमा परेको एमालेले समयलाई चिन्न नसक्दा मतदाता भड्किने हुन् कि भन्ने विषयमा नेतृत्व गम्भीर हुन जरुरी छ । तर, अध्यक्ष ओलीले त्यतातिर ध्यान दिएको पाइँदैन ।
