पद खोज्दै भग्नेहरुको देखिन्छ हैसियत

राजनीति समाचार

काठमाण्डौ । पार्टीमा एकता आवश्यक थियो. । तर, नेताले पचाउने रोजेको क्षेत्र हत्याउने ठाउँ थिएन । त्यही कारण माओबादीको जनवल र सुदन किराँती, राम कार्कीलाई एकता मन परेन । उनीहरुले प्रचण्डबाट अध्यक्ष, उपाध्याक्ष, महासचिव पद सुम्पने आश गरेनन् । त्यही पदका लागि पार्टीबाट निस्केर छुट्टै टिम बनाए । माधव नेपालसँग रिसाएका घनश्या भुषाल समाजवादी धारको उग्र मोर्चामा थिए ।

उनले पनि आफूलाई पार्टी मोर्चाको अगुवा ठानी वरिष्ठ नेता झलनाथ खनाललाई महाधिवेशनसम्म संयोजक बन्न दिएनन् । स्थानीय तहको वडामा उम्मेदवार उठाउने कार्यकर्ता जुटाउन नसक्ने अवस्थाका घनश्याम र जनार्दन कुन दृष्टिकोण र सिद्धान्तमा हिड्छन् भन्नेहरुले नै नेत्र विक्रम चन्द र डा. वावुराम भट्टराईको शरणमा पुग्नु पनि प्रमाण हो । जनार्दन त बाबुरामसँग जोडिए । नेपाली वामपन्थी आन्दोलनले स्थापित गरेको संघीयता, समावेशीता र संमानुपातिक सिद्धान्तलाई सहज रूपमा लिन नसक्नेहरु बीचको चुनावी गठबन्धन होला नहोला जनार्दनलाई रुकुम पूर्वले रुचाएकै छैन भने नेत्रविक्रम चन्द्र आफ्नै वडामां कांग्रेस एमालेले सघाउदा पनि वडा अध्यक्षको उम्मेदवारको जमाना जोगाउन नसक्ने नेता हुन् ।

डा. बाबुरामले अर्थमंत्री र प्रधान मन्त्री भएका वेला देशको नेला र मन्त्री बन्न नसक्दा गृह जिल्ला गोरखालाई मात्र विस्वासमा लिँदा पालुङटार नगरपलिकाले नगर प्रमुखसम्म पत्याएको छ । वडाहरुमा माओवादी र कांग्रेसकै जगजगी छ । हिजो वाचस्पति देवकोटाले आफू एमाले भएर बड़ा भेला गरी एमालेको संगठन बनाउँदा खसी काटेर भोज खुवाएकोे त्यही गोरखामा एमाले ससदको चुनावमा दोस्रो भयो । पदका लागि ठाउँ खोज्ने नेताहरूलाई संगठानिक यो अवस्थाको हेक्का कति छ जो पद रोइला गरेर वारम्वार अवसर लिएर पार्टी छोडेर रमाएका छन्

उता नेपाली कम्युनिस्ट पार्टीमा नेता थन्क्याउन हम्मे हम्मे छ । प्रचण्ड, माधव, झलनाथ, नारायण काजी र वामदेव मिसाएर एक ठाउँमा रहन सक्छन् कि फुट्छन् भन्ने शंका त्यत्तिकै छ । त्यहाँ दोस्रो तहमा राजेन्द्र पाण्डे, अग्नी सापकोटा देव गुरुङ, बेदुराम भुषाल, पम्फा भुषाल, लिलामणि पोखरेल, विरोध खतिवडा, गोपाल किराती, महेन्द्रराय यादव, गोपाल भण्डल, गंगानारायण श्रेष्ठ देवेन्ड पोडेल र हिमाल शर्माहरु रहेका छन् । माथि उल्लेखित सबै नेतालाई रोजेको पद र ठाउँ पाउन कठिन छ । पदकै लागि लड्ने र छोड्नेले राजनीति भविष्य हेर्नुपर्छ । सधैं फाइँदाको खेती नबिक्न सक्छ । नेकपा एमालेमा राम कुमारी झाक्री र किसान श्रेष्ठ जाँदा कुनै फरक परेन । त्यही अवस्था अब जनार्दन र घनश्यामलाई हुने पक्का छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *