काठमाण्डौ । जनताको विश्वास गुमाउँदा र कार्य कर्ताको साथ घट्दै जाँदा कम्युनिष्ट र कांग्रेसका नेताले लिएका सुरक्षाकर्मीको लस्कर एकाएक घटाएपछि स्वार्थको राजनीति गर्दै आएका नेताहरू झस्कीका छन् । जसले पदमा हुँदा अपराध गर्छ त्यसलाई हतियारसहितका प्रहरी र सशस्त्र जरूरी पर्छ । आफ्नै हितमा केन्डित ऐन नियम बनाएर प्रहरी र सशस्त्रको सुरक्षा लिनेहरुको भीआईपीहरुको भण्डाफोर भएको छ ।
सांसद, दलका नेता, डाक्टर, साधु महन्तलाई र प्रहरी प्रमुखलाई सुरक्षाको लस्कर किन दिनुपर्छ ? प्रहरी र शसस्त्रकै पूर्वप्रमुखहरु एआईजी, डिआइजी र एसएसपीसम्मले जवानहरुलाई भान्से र स्वीपर बनाएर जुन तुजुक देखाए त्यसको पनि भण्डाफोर भएको छ । माओवादी नेताहरुले १० वर्षसम्म व्यवस्था बदल्न र अवस्था सुधार्न हतियार उठए । त्यहाँ अयोग्य लडाकु वाइसीएल बन्यो । त्यो शक्तिभन्दा सशस्त्र र प्रहरी सुरक्षा गार्ड राख्दा कार्यकर्ताले के भन्छन् भन्ने हेक्का राखेनन् ।
मौका पाउँदा एकपटक मन्त्री बन्दा राष्ट्रको सम्मतिमा दोहन गर्न कोही पछि परेनन् । त्यो राज्य दोहनभित्र सुत्केरी मत्ता खाने हृदय त्रिपाठीहरु र फाइल माफियाहरु पनि छन् । भ्रष्टाचारका मोटा फाईल खोतल्ने त्रिपाठी, विरोध खतिवडा, राजेद्र पाण्डेहरुका अगाडि पछिल्ला पुस्ताका नेताहरु महेश वस्नेल, महेश बर्तौलाहरु जोगिने अवस्था छैन ।
सडक आन्दोलनमा सुरक्षा फौजको आवश्यक संख्या नपुग्ने तर, देउवा, प्रचण्ड, ओली, नारायणकाजी, रमेश लेखकहरुले तीन दर्जन सुरक्षाकर्मी राख्नुपर्ने कारण के थियो ? जनताले चाहेको र कार्यकर्ताले रुचाएको काम यीनले गर्थे भने सुसारेदेखि भान्सेसम्म प्रहरी राख्नुपर्ने थिएन । जेन्जी सरकारले राजनीति दल र नेताको भित्री चरित्र उदाङ्गो बनाइदिएका छन् । बिपक्षी दलको नेता भूपूप्रधानमन्त्री र गृहमन्त्रीले २÷४ सुरक्षाकर्मी राख्नु नौलो होइन ।
तर जनताले ५वर्षको लागि पठाएका नेता ५ वर्ष टिक्दैनन् । भ्रष्टाचारमा डुबेकाहरूले सडकको आवाज सुन्दैनन् । आफू प्रहरीको घेरामा लुकेर बस्छन् ।सडकको अवस्था के छ त्यो बुझ्दैनन् भने जन्जी विद्रोह हुन्छ र भयो । प्रहरीको आवश्यकता पूरा नगर्नेले सशस्त्र प्रहरीको सीमा सुरक्षा घेराको पीडा बुझ्दैन । यस्तो स्थितिमा रहेका नेताहरुसँग जनता दिनप्रतिदिन रुष्ट हुँदै गएका थिए । त्यसले गर्दा जेनजी पुस्ताको आन्दोलन भएको थियो । त्यसमा मौकामा चौका हान्न खोज्न समुहले खेल्दा मुलुकको अवस्था झन् विकराल बन्दै गएको छ ।
