चप्पल कान्छा र सुन कान्छामा के अन्तर ?

राजनीति समाचार

काठमाडौं । हिजोका चप्पल कान्छाहरुले देशलाई ऋणमा डुावाएर सम्पत्ति जोडे । भन्सार छुटमा गाडी भित्र्याए । सुत्केरी भत्तासमेत पुरुषले खाए । संसदको सार्वजनिक लेखा समितिमा बसेर मोटो फाइल पल्टाउने र भ्रष्ट कर्मचारीसँग पैसा झार्नेहरु आज पनि राजनीतिमै छन् । अरुलाई आरोप जति लगाएपनि आफ्नै अनुहार ऐनमा हेर्न नसक्ने २०४८ अघि र २०६२÷०६३ पछिका नेताले सुनैसुनको सरकार र त्यसका मन्त्रीको धनदौलतबाट तर्सिनु नौलो कुरा होइन ।

पढेलेखेका धनीमानी मन्त्रीहरुले राजनीतिलाई सेवा होइन कमाइ खाने थलो बनाएका छन् । मनत्रीहरुले चलाएका कुसस्कारको खोजी पनि गरेका छन् । २०४८ पछि नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानविन गर्ने कुरा उठ्नु स्वभाविक छ । सुनकाण्डदेखि तस्करी काण्डसम्म सफल बनाएका अख्तियार र अदालतमा आफ्नैलाई खटाएर धनाढ्य बनेकाहरु सुन सरकारको क्रियाकलापले नै झस्केका छन् । समाजमा पिछडिएको वर्गवादी समुदायको सदस्यले आफ्नो सम्पत्तिमा कुखुराका चल्ला र भाउ पनि सम्पत्ति विवरणमा राख्दा ठूला दलको त्यो वर्गका महिला र पुरुषले मौका नपाएको अवस्था छर्लङ्ग भएको छ ।

हिजो एमालेमन्त्रीलाई सम्पत्ति विवरण सार्वजनिक नगर्दा चुप बसेका शंकर पोख्रेलले आज पहेलपुर सरकारलाई समपत्ति सार्वजनिक गर्न आदेश दिँदा आफ्नो विगत सम्झनु पर्छ कि पर्दैन?प्रधानमन्त्री बालेन्द्र साह घमण्डी पनि छन् फेसबुक, टुइटर जस्ता सामाजिक सञ्जालबाट कमाइ पनि गर्छन् । तर, तीनले राज्यलाई कर तिर्छन ? यस्ता विषय गम्भीर छन् । हिजोका चप्पल कान्छा र आजका सुन कान्छाहरुको बीचमा अन्तर के छ ? चप्पलेहरुले देश लुटेर धनाढ्य भए । तिनले पैत्रिक सम्पत्ति बेचेका होइनन् तर सुनकान्छाहरुले आफैले आफ्नो क्षमता भिडाएर कमाएको दावी गरेका छन् । कतिले कमाईको बाटो पनि देखाएका छन् ।

भ्रष्टाचार, कमिसन, विचौलिया पथ लिएका चप्पलेहरुको कमाइको स्रोत थियो देशलाई ऋण बढाएर २ करोड ५० लाखको पुनर्निमाणमा ४ करोड ५० लाख हिसाब देखाएर आफ्नो बन्दोवस्त गर्ने नीतिले पनि यो तहसनहस भएको थियो । यस्ताका अगाडि सहकारी ठगी र ¥यापर विधाको पारङ्गत शक्तिले सरकारको नेतृत्व गर्दा मध्यपूर्वको लडाईँले परनिर्भर इन्धनको संकटले एकाएक ल्याएको कालोबजारी र महंगीको विरुद्ध कदम चल्न जरुरी नठान्नु स्वभाविक हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *