अदालति फैसलाले देउवा समूह थेचारियो

राजनीति समाचार

काठमाडौं । अदालत बदलियो, प्रहरी बदलियो, निजामती प्रशासन, कुटनीतिक क्षेत्र बदलियो तर कांग्रेसको देउवा पक्ष कहिल्यै बदलिएको देखिएन । एकपटकको शेर सधैंको शेर हुँदैन । राजनीतिमा त झन् जनताले नपत्याउँदा पार्टी मात्र होइन नेता स्वयंलाई लज्जित बनाउने घटना हुन्छन् । यसपटकको चुनावमा कांग्रेसका मै हुँ भन्ने डा. शेखर कोइराला डा. मिनेन्द्र रिजाल, डा. प्रकाश शरण महत, ज्ञानेन्द्र बहादुर कार्कीजस्ता जमानत जोगाउन नसक्ने हार व्यहोरे पनि पार्टीलाई वैधता दिलाउने निर्वाचन, विशेष महाधिवेशन जस्ता वैधानिक पक्षलाई अस्वीकार गर्दा भोलि के होला भन्नेसम्म सोचेको देएिन ।

प्रकाशमानले जमानत जफत गर्न पाएनन् । पार्टी प्रजातान्त्रिक नेता निरंकुश चरित्र र पदका लोभी भएपछि कांग्रेसमा युवा पुस्ताको जबर्जस्त आगमन भएको हो । देउवा पक्षले गगन थापाको नेतृत्वलाई निर्वाचनमा सकेको असहयोग गरेको हो । तर, युवा र विद्यार्थीहरुको सक्रियताकै कारण यसपटक देउवा समूहको केही लागेन । भ्रष्टाचार र बेथितिलाई गहना बनाएको देउवा पक्षलाई जेनजी आन्दोलनले बदनाम गर्दा समेत लाज मानेनन् । त्यो समूहले आफै वैधानिक देखाउन कार्यवहाक सभापतिको नाउँमा पार्टीको आधिकारिकता आफै भएको ठानेको थियो । ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिको उपस्थितिलाई लत्याउने विमलेन्द्र निधि, प्रकाशमा सिंह, डा. प्रकाश शरण महत, डा. शेखर कोइरालाहरुका लागि १५ औं महाधिवेशनको समयमा के आधारमा मत माग्ने भन्न ठाउँ भएन ।

सर्वोच्चमा कांग्रेस, एमालेले भित्र्याएका न्यायाधीशहरु छन् । तीनले संसद् पुनस्थापना गर्छन् । कांग्रेसको वैधानिकतामा देउवा पक्ष नै अगाडि आउँछ भन्ने तर्क धेरैले राखेका थिए ।, टिकट लिँदा गगन थापा सभापति स्वीकार्ने, चुनावमा जमानत जफत भएपछि सभापतिलाई पनि अस्वीकार गर्ने महाधिवशेन पनि नमान्नेहरुलाई अव घुर्कीले काम गरेन भन्ने महसुस भयो कि भएन ? किन कि गगन पक्ष अब १५ औं महाधिवेशनको बाटोमा खुल्न पाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *