विदेशीको उक्साहटमा रास्वापा सरकार

राजनीति समाचार

विवादको भुँमरीमा फस्दै मन्त्रीहरु
रामचन्द्र बस्नेत
बालेन्द्र शाह (बालेन) नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार सरकार बन्नासाथ अमेरिकी सेना प्रमुख नेपाल आएका थिए । त्यसलगत्तै अमेरिकाकै दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी साहायक विदेशमन्त्री समिर पल कपुर अस्ती सोमवार नेपाल आएका छन् । नेपाल आएर कपुरले रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ र सुरक्षा निकाय प्रमुखहरुलाई भेटिसकेका छन् । रास्वपा सरकार बनेको महिना दिन नपुग्दै अमेरिकी प्रतिनिधिहरु पटक–पटक नेपाल आई सरकार प्रमुखहरुसँग भेटिरहनुले नेपालीहरु सशंकित हुन थालेका छन् ।

उता, गृहमन्त्री गुरुङको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै चिनीयाँ रादूतले गृहमन्त्रालयमै गृहमन्त्रीसँग भेटघाट गरेका थिए । चिनियाँ रादूतले भेटेको केही दिनदेखि गृहमन्त्री गुरुङविभिन्न विवादमा तानिन थालेका थिए । जग्गा प्रकरणदेखि, सुनकाण्डहुँदै सेयर कारोबारमा विवादित दीपक भट्टसँग साँठगाँठमा जोडिएपछि गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक शाहले १३ मन्त्री पदबाट हात धुनुपरेको थियो । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री निशा मेहता पनि विवादमा पर्न थालेकी छिन् । किन कि मेहता मन्त्री हुनासाथ भारतले आफ्नो चेली मन्त्री भएको भन्दै वधाइ दिएपछि उनलाई भारतीय नागरिक हुन् नेपाली नागरिक हुन् भन्ने विवाद सिर्जना भएको छ ।

रास्वपाभित्र यस्ता छविका सांसदहरु धेरै छन् । क्रमिक रुपमा सबैको पोल खुल्दै जाने देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रमणको लागि निमन्त्रणा गरे तापनि प्रधानमन्त्री बालेन साहले भारत भ्रमणको तरखर गरेका छैनन् । शाह भारत भ्रमणमा नजाँदै भारतबाट उनको विरोध हुन थालेको छ ।

उता, रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीदेखि सम्पत्ति सुद्धिकरणको मुद्दामा फसिरहेका छन् । तर, विदेशीहरुले रास्वपाका नेता÷कार्यकर्तालाई उकासिरहेका छन् । त्यसले गर्दा नेपालको राजनीतिले कतिबेला कुन मोड लिने हो त्यो निश्चित छैन । पुराना राजनीतिक दलहरु पार्टीभित्रको आन्तरिक कलहमा रुमलिइरहेका छन् । सोही मौका छोपेर विदेशीहरुले रास्वपालाई उकास्दै नेपालको राजनीतिमा खेलिरहेका छन् । नेपालमा पश्चिमाहरुको चलखेल बढेपछि दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी छिमेकी मुलुक चीन सशंकित बन्दै गएका छन् । एकातिर अमेरिकाले इरानमाथिको आक्रमण नरोक्नु अर्कोतिर पश्चिमाहरुको बाहुल्यता नेपालमा बढ्नुले विश्वको भूराजनीतिमा पश्चिमाहरु हावी हुने सम्भावना त्यत्तिकै छ । नेपाल जस्तो भूपरिवेष्ठित देशमा छिमेकी मुलुक भारत र चीनको ठूलो साथसहयोग रहने गरेको छ । यदि पश्चिमाहरुको नेपालमा चलखेल बढेकै कारण छिमेकी मुलुक रिसाएको खण्डमा नेपाल संकट पर्ने देखिन्छ ।

नेपाल सरकारले पञ्चशीलको सिद्धान्त अनुसार विदेशी नीतिमा आगाडि बढ्नुपर्ने आवश्यकता छ । छिमेकी मुलुक चीन र भारतको साथसहयोग नेपालले नपाएको खण्डमा नेपालमा पेट्रोलियम पद्धार्थदेखि खाद्यान्न, लत्ताकपाड र यातायातका साधनहरुमा समस्या पर्ने देखिन्छ । त्यसले गर्दा नेपाल सरकारले तेस्रो र चौथो मुलुकको भरमा उकासिएर छिमेकी मुलुकलाई चिढ्याँउने काम नगरी सन्तुलित भूमिका निर्वाह गरी काम गर्नुपर्ने देखिन्छ । तर, स्वस्वपा सरकारले छिमेकी मुलुक चिन र भारतलाई रिझाएर सन्तुलित व्यवहार गरी मुलुकमा शान्ति सुरक्षा र अमनचयन ल्याउने सम्भावना कम छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *