फुटको डिलमा कांग्रेस

राजनीति समाचार

काठमाडौं । संस्थापन पक्षबाट विपक्षी बनेको नेपाली कांग्रेसको देउवा समूहलाई १२ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि पुगेन । ६५ जना मनोनित गर्नु छ । १९ जना मनोनित गर्दा डा. शेखर कोइराला पक्षका सात जना मनोतिन हुँदा पनि चित्त बुझेन । विधानमा भएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन सम्पन्न गर्दा चित्त नबुझाउने देउवा समूहमा लागेका अधिकांश नेता विवादको भूमरीमा परेका छन् । टेरामक्स, इम्बोस्ड नम्बर, एनसेल , नक्कली भुटानी शरणार्थी, राष्ट्रिय परिचयपत्र, भिजिट भिसा, सुन तस्करीजस्ता काण्डमा उनीहरु फसेका छन् । तर, कुरा तीनकै चर्का छन् ।

असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवशेन गर्ने घोषणा संस्थापन पक्षले गरेको छ । संस्थापनले महाधिवशेन तयारीका लागि प्रदेशस्तरका भेला र बैठक सम्पन्न गरिरहेको छ । जिल्ला–जिल्लामा जरा अभियान चलेको छ । क्रियाशील सदस्यको स्वीकृति जिल्ला र प्रदशेले नै गर्दैछन् । तर, देउवा गुट चुनावमा पार्टीको सर्वनाक पराजय हुँदासमेत कुनै चिन्ता लिँदैन । संगठन अरुले गरिदिए नेता बन्न सजिलै हुन्छ । तर, मन्त्री पदमा पुगेर राम्रो काम नगर्ने कमाइका लागि बाटो खोज्नेहरुलाई गगन थापा, विश्व प्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरेहरुले पार्टीमा सक्रियता दोएको मन पराएका छैनन् ।

कांग्रेसलाई विभाजन गराउने दाउमा यो समूह जुटेको छ । यसले प्रदेश भेला शुरु गरेको छ ।, कोशीको भेलाको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका छन् । मधेसमा आनन्द ढुङ्गाना, मागमतिमा प्रकाशमान सिंह र प्रकाश शरण महत, गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोरसिंह राठोर, कर्णालीमा जीवन बहादुर शाही र सुदूपशिचमा एनपी सावद कमाण्डर बनेका छन् । जब कि संस्थापन पक्षले सबै प्रदेश र जिल्लास्तरका भेला गरिसकेको छ । क्रियाशील सदस्य वितरण र स्वीकृतीमा प्रदेश र जिल्लालाई नै अधिकार दिएको छ । देउवा गुटलाई त्यो मन परेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *